२०८० फाल्गुन १० बिहीबार

होटल आदर्श इनको फेमिली रेस्टुरेन्ट सञ्चालनमा, अध्यक्ष अग्रवालले गरे उद्घाटन

वीरगञ्ज – आर्थिक तथा औद्योगिक नगर वीरगञ्जमा पारिवारिक वातावरणको रेष्टुरेण्ट सञ्चालनमा आएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ गहवामा रहेको होटल आदर्श ईन प्रा.लि.ले फेमली रेस्टुरेन्ट एन्ड बार सञ्चालनमा ल्याएको हो ।

रेष्टुरेण्टको सोमबार एक कार्यक्रम बीच वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले उद्घाटन गर्नु भएको छ । होटेलका सन्चालक बिजय सरार्फको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले वीरगन्ज पर्यटकहरुको ट्राञ्जिट प्वाइण्ट मात्रै बनेकोले अब पर्यटकलाई रोक्ने खालको पूर्वाधार संरचना र वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अग्रवालले वीरगन्ज पर्यटकहरुको ट्रान्जिट मात्रै बनेको र राज्यको नीतिका कारणले अधिकांश भारतीय पर्यटकहरु आउन नसकेकोले भारतीय रुपैंया लिएर आउने पर्यटकहरुलाई सहज वातावरण बनाईदिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बिशिष्ट अतिथि वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्त, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फ, सुनचादी व्यवसायी संघ पर्साका अध्यक्ष भुलन साह सोनार, उपभोक्ता हित संरक्षण मञ्च वीरगन्ज महानगर कमिटीका अध्यक्ष अजित कुमार भुजेल, वडा नम्बर ६ का वडा अध्यक्ष जयप्रकाश साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल नेत्रज्योती संघका महासचिव श्याम पोखरेल, वडा नम्बर ३ का वडा अध्यक्ष बैजु स्वर्णकार, पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापा, पर्यटन प्रहरी सहायक निरीक्षक अनिल कुमार महतो, होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका पदाधिकारीहरु विभिन्न संघसस्थाका प्रतिनिधिहरु र सन्चारकर्मीहरुको समेत समेत उपस्थिति रहेको थियो ।

आदर्श इन प्रा.लि. होटेलमा २८ कोठा सहितको एसी, डिलक्स रुम साथै शान्त वातावरणमा पारिवारिक आनन्दका साथ कम मुल्यमा ग्राहकको माग अनुसारको स्वादिष्ट खाना पाउने र आउने दिनमा ग्राहकको मन जित्न समेत सफल हुने सन्चालक बिजय सरार्फले दाबी गर्नुभयो ।

२०८० मंसिर २६, मंगलवार १६:१७ गते 1 Minute 111 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार