२०८० फाल्गुन १० बिहीबार

तस्करीको प्याजसहित पिकअप नियन्त्रणमा

वीरगञ्ज – बारा प्रहरीले तस्करीको प्याजसहित एउटा पिकअप ट्रकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शुक्रवार राती प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका – १ स्थित पथलैया चोकबाट झन्डै एक लाख २५ हजार रुपैयाँ बराबरको प्याजसहित प्र.२-०४-००१ च ००८४  नम्बरको पिकअप ट्रकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले ट्रकलाई रोकी चेकजाँच गर्दा बिलबिजक भन्दा बढीको २५ सय किलोग्राम प्याज र स्रोत खुलाउन नसकेको अनुमानित मूल्य एक लाख २५ हजार रुपैयाँ बराबरको प्याजसहित पिकअपलाई नियन्त्रणमा लिएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए । प्याज सहित पिकअपलाई नियन्त्रणमा राखेर कानूनी प्रक्रिया अगाडी बढाइएको डिएसपी न्यौपानेले बताए । पछिल्लो समय प्याजको मूल्य बढेसँगै तस्करी पनि मौलाएको छ । 

२०८० पुष १, आईतवार ११:४८ गते 1 Minute 115 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार