२०८० फाल्गुन १० बिहीबार

नारायणी अस्पतालसँगैको बाइपास जोड्ने सडकको “लायन्स मार्ग” नामाकरण

वीरगञ्ज – वीरगञ्जको नारायणी अस्पताल नजिकैको बाइपास सडक जोड्ने बाटोलाई “लायन्स मार्ग” नामाकरण गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले यसअघि नै गरेको प्रतिबद्धताअनुरुप आइतवार एक कार्यक्रमका बीच औपचारिक रुपमा लायन्स मार्ग नामाकरण गरिएको हो ।

लायन्स क्लब अफ वीरगजको स्वर्ण जयन्तीको अवसरमा लायन्स क्लब इन्टरनेशनलले लायन्स मार्ग उद्घाटन कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रमकै अवसरमा लायन्स मार्गको उद्घाटन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले लायन्स क्लबले सामाजिक क्षेत्रमा गरेका कामको सह्राना गरे । उनले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिन सुझाव दिए ।

लायन्स क्लब नेपालका मल्टिपल कोर्डिनेटर डा. रमेश कुमार अग्रवालले स्वर्ण जयन्तीका अवसरमा लायन्स क्लबले समाजप्रति अझै उत्तरदायि हुनुपर्ने बताए । ५० वर्षमा कम्तीमा ५० वटा उदाहरणीय काम हुनुपर्ने बताउँदै उनले राधा देवी मेमोरियल स्कुललाई स्तरोन्नतीका लागि आवश्यक बजेट बिनियोजन गर्न माग गरेका छन् ।

लायन अशोक कुमार बैद्यको संयोजकत्वमा भएको कार्यक्रममा महानगर प्रमुख सिंहसँगै लायन्स क्लब लायन्स क्लबका डिष्ट्रिक्ट गर्भनर डिएन अग्रवाल, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, पूर्व गर्भनर डा. आरपी खेतान, क्याबिनेट सचिव बासु तिमिल्सिना, एरिया चिफ उमेश शर्मा लगायतको उपस्थिती रहेको थियो ।

२०८० पुष २, सोमबार ०६:४६ गते 1 Minute 113 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार