२०८० फाल्गुन १० बिहीबार

प्याब्सन टी–२० क्रिकेट : साउथ जोन एकसय ४६ रनको फराकिलो अन्तरले बिजयी

वीरगञ्ज – पर्सामा जारी प्याब्सन इन्टर स्कुल नकआउट टी २० क्रिकेट प्रतियोगितामा साउथ जोन माविले जित निकालेको छ ।

साउथ जोनले ओम नेशनललाई एकसय ४६ रनको फराकिलो अन्तरले हराएको हो । वीरगञ्जको आर्दशनगर खेल मैदानमा सम्पन्न खेलमा टस जितेर साउथ जोनले पहिले ब्याटिङ रोज्यो ।

उसले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा दुई सय ४४ रनको विशाल लक्ष्य बनायो ।

जवाफी ब्याटिङ गरेको ओम नेशनल १९.३ ओभरमा पूरै विकेट गुमाएर ९८ रनमै आउट भयो ।खेलमा राजन साह म्यान अफ म्याच घोषित भए ।

२०८० माघ १४, आईतवार १८:४८ गते 1 Minute 313 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार