२०८० फाल्गुन १० बिहीबार

वीरगञ्जको चन्दनले डेब्यू खेलमै ५ विकेट लिएपछि सुदूरपश्चिम ८७ रनमा अल आउट

वीरगञ्ज – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा तीव्र गतिका बलर चन्दन रामको उत्कृष्ट बलिङमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ८७ रनमै अलआउट गरेको छ ।

चन्दनले कसिलो बलिङ गरेपछि माथिल्लो मूल पानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेश १६.२ ओभरमा ८७ रनमा अल आउट भयो ।

सुदूरका नारायण जोशी २५ बलमा ३ चौका र ३ छक्कासहित ३१ रनमा नट आउट रहे । आफ्नो करिअरकै पहिलो राष्ट्रिय स्तरको खेल खेलेका चन्दले सुदूरको शीर्ष र मध्य क्रम ध्वस्त पारेका थिए । उनले ओपनर टेक रावतलाई शून्य, नरेन भट्टलाई १, मिलन बोहरालाई ८ रनमा बोल्ड आउट गरे । खड्क बोहरालाई २४ रनमा आउट गराए ।

२०८० माघ १६, मंगलवार १६:०४ गते 1 Minute 111 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार