२०८० फाल्गुन १० बिहीबार

विवाहितले भन्दा अभिवाहितले धेरै प्रयोग गर्छन गर्भनिरोधक औषधि

काठमाडौं – काठमाडौँकी २३ वर्षीया सिर्जना शर्मा (नाम, थर परिवर्तन) दुई साताअघि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि प्रसूति गृह पुगिन् । उनी निरन्तर रक्तस्राव भयो भन्ने समस्या लिएर त्यहाँ पुगेकी थिइन् ।

उनले आपत्कालीन बेलामा खानुपर्ने गर्भनिरोधक औषधि पटकपटक सेवन गरेका कारण समस्या आएको उपचारमा संलग्न प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. मधु श्रेष्ठले बताए । उनले अविवाहित अवस्थामै प्रेमीसँग सम्बन्धमा रहेकाले आपत्कालीन गर्भनिरोधक औषधि सेवन गर्थे । ‘विवाह नभएकाले उनीहरूमा बच्चा जन्माउने योजना हुने कुरा भएन तर सम्बन्धमा रहेकाले पटकपटक यस्तो चक्की खाएको देखियो,’ डा. श्रेष्ठले भने ।

पटकपटक आकस्मिक गर्भनिरोधक औषधि प्रयोग गर्दा स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुग्ने धेरै छन् । गर्भनिरोधक औषधि प्रयोग गर्नेमा विवाहितको तुलनामा अविवाहित र कम उमेरका बढी छन् । ‘धेरै त अविवाहित तर सम्बन्धमा रहेका युवतीले आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गरेको पाइन्छ,’ वरिष्ठ स्त्रीरोग विशेषज्ञ गीता गुरुङले भने । नागरिक दैनिकमा समाचार छ ।

२०८० माघ २०, शनिबार २१:०२ गते 1 Minute 68 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार