२०८० फाल्गुन १० बिहीबार

गणतन्त्र दिवसमा जनमत पार्टीले शक्ति प्रदर्शन गर्ने

काठमाडौँ – जनमत पार्टीले गणतन्त्र दिवसका दिन शक्ति प्रदर्शन गर्ने भएको छ । जेठ १५ गते मनाइने ‘गणतन्त्र दिवस’ का दिन जनमत पार्टीका अध्यक्ष सिके राउतको नेतृत्वमा काठमाडौँको भृकुटी मण्डपमा प्रदर्शनसहित आमसभाका आयोजना हुने भएको हो ।

‘उठौँ, जागौँ–देश विकासको आन्दोलनमा सहभागी होऔँ, दोस्रो गणतन्त्रको आन्दोलनमा सहभागी होऔँ’ भ्रष्टाचार मेटाऔँ, दलतन्त्रको तानाशाही हटाऔँ, जनताको अधिकार जनताकै हातमा दिऔँ’ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहित “नौलो गणतन्त्र र सामाजिक लोकतन्त्र” ल्याऔँ’ भनी नाराका साथ आयोजना हुने आमसभामा अध्यक्ष राउतले जेठ १५ गते नौ बुँदे माग राख्दै तेस्रो जनआन्दोलनको घोषणा गर्नेछन् ।

उनले बुधवार जारी गरेको अपिलमा भनेका छन्, ‘अहिलेसम्म अरू नेता र पार्टीका लागि धेरै पटक आन्दोलन गर्‍यौँ, अब आफ्नो र आफ्नो सन्ततिको भविष्यको लागि देश विकास आन्दोलनमा सहभागी होऔँ ।’

उनले नयाँ व्यवस्था ल्याउन र निर्वाचन गराउनका लागि आन्दोलनकारीको नेतृत्वमा अन्तरिम सरकार गठनको माग गर्दै सरकार, पार्टी र शीर्ष नेताको संलग्नता र संरक्षणमा भएका भ्रष्टाचार, अनियमितता र दण्डहीनताको छानबिन गरेर सजाय दिन सरकारसँग माग समेत गरेका छन् ।

राउतले एक सदनात्मक व्यवस्था कायम गर्न माग गर्दै अध्यक्ष राउतले प्रत्यक्ष प्रधानमन्त्री, निर्वाचन अधिकृत, महालेखा परीक्षक, महान्यायाधिवक्ता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख समेत निर्वाचनबाट चयन गर्न माग समेत गरेका छन् । राउतले प्रदेशका मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचनबाट चयन गर्न र मन्त्री नराख्न माग गरेका छन् ।

२०८० माघ २४, बुधबार १९:०७ गते 1 Minute 70 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार