२०८० फाल्गुन १० बिहीबार

अल्पाईन टी २० क्रिकेट टुर्नामेन्टको तयारी पुरा

वीरगञ्ज – अल्पाईन टी २० क्रिकेट टुर्नामेन्टको तयारी पुरा भएको छ । टुर्नामेन्टको आयोजक अल्पाईन माध्यमिक विद्यालयले बिहिबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पुरा भएकाे जनाएकाे छ ।

वीरगञ्जमा शनिबारदेखि सुरु हुने प्रतियाेगितामा वीरगंज महानगरका अल्पाईन, मिनीलेन्ड, विपिएस, पीसजोन, ग्लोबल, बाल एकता, पर्सा म्यानेजमेन्ट, डेसिमल, मेरीगोल्ड, ममता माद्यमिक विद्यालय गरि १६ वटा निजी विद्यालयहरुकाे सहभागिता हुने छन् ।

माघ २७ गते शनिबारदेखि सुरु हुने प्रतियाेगिता फागुन १९ गतेसम्म हुने आयोजक अल्पाईन माद्यमिक विद्यालयका सञ्चालक एवम् प्रतियोगिताका सँयोजक बिनोद कुमार उपाध्यायले जानकारी दिए । प्रतियोगितामा सहभागी भएका टिमहरुलाई चार वटा ग्रुपमा बिभाजन गरिएको तथा प्रतियोगिता वीरगंज नारायणी रँगशालामा आयोजना हुने उपाध्यायले बताए ।

विगतको समयमा नेपालमा क्रिकेट खेलको क्रेज तिर्ब गतिमा बढीरहेकोले खेलाडीहरुको हौसला प्रदान गर्न र पर्सा जील्लामा क्रिकेट खेलाडीहरु राष्ट्रिय  रुपमा बढाउनका निमित सो प्रतियोगिता आयोजना गर्न लागिएकाे प्रतियोगिता संयोजक विशाल कुमारले बताए ।

प्रतियोगितामा पर्सा क्रिकेट संघ लगायत क्रिकेटसंग सम्बन्धित निकायको पनि उपस्थी ति रहने अल्पाईन स्कुलका क्रिकेट कोच कलामुदिन अंसारीले जानकारी दिए । प्रतियोगिताको कुल लागत ६ लाख रहेको आयोजकले जनाएकाे छ ।

विद्यालय प्राङ्गणमा भएकाे पत्रकार सम्मेलनमा क्याम्पसका क्रिकेट खेलाडीहरु, अन्तराष्ट्रिय अम्पायर हिरालाल यादव, बासु कर्ण लगायत संचारकर्मीहरुको उपस्थीति रहेको थियो ।  पत्रकार सम्मेलनको संचालन पत्रकार राम मण्डल्ले गरेका थिए । 

२०८० माघ २५, बिहीबार २२:१६ गते 1 Minute 91 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार