२०८० फाल्गुन १० बिहीबार

१५ वर्षीया बालिका उद्धारसहित एकजना पक्राउ

वीरगञ्ज – मानव बेचबिखनविरुद्धको एकाइ इलाका मुख्यालय बेतियाले १५ वर्षीया बालिकासहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ । मोहम्मद आलमगीर मियाँले सो बालिकालाई प्रलोभनमा पारी भारततर्फ लगिरहेको अवस्थामा मियाँलाई पक्राउ गरिएको एसएसबीका इन्स्पेक्टर मनोजकुमार शर्माले बताए । एकाइले भारत, उत्तर प्रदेश प्रहरी र मुक्ति फाउन्डेशनको सहयोगमा नोयडाबाट बालिकाको उद्धार गरिएको र दुवैजनालाई बिहार ल्याइएको छ ।

इन्स्पेक्टर शर्माका अनुसार बालिकाका अभिभावकले उजूरी दिएपछि बालिकाको उद्धार गरिएको बताए । उनले गरीब हिन्दू परिवारका धेरै नाबालिका बेचबिखनको शिकार हुने गरेकाले अभिभावकले पनि यसतर्पm ध्यान दिनुपर्ने बताए ।

२०८० माघ २५, बिहीबार ११:५० गते 1 Minute 43 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार