२०८० फाल्गुन १० बिहीबार

टि–फिफ्टीन च्यारिटी क्रिकेटकाे उपाधि एम.एस. धोनी फ्यान क्लबलाई

वीरगञ्ज – वीरगञ्जमा आयाेजित टि–फिफ्टीन च्यारिटी क्रिकेट प्रतियोगीताको उपाधि एम.एस. धोनी फ्यान क्लबले आफ्नो जितेको छ। आदर्शनगर रंगशालामा शनिबार भएकाे फाइनल खेलमा स्प्रिट क्लब वीरगञ्जलाई ७३ रनकाे फराकिलो अन्तरले पराजित गर्दै धाेनी फ्यान क्लबले उपाधि उचालेकाे हाे।

१५७ रनकाे लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको स्प्रिट क्लब १३.२ ओभरमा अलआउट हुदै ८३ रनमै समेटिएपछि उपाधि धाेनी फ्यान क्लबकाे पाेल्टामा पुग्याे।

त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको धोनी फ्यान क्लबले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर १ सय ५६ रनको योगफल तयार पारेको थियो ।प्रतियोगिताको समापन समाराेहमा उपाधि विजेता टिमलाई वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले ट्रफी र मेडल प्रदान गरे।

२०८० माघ २७, शनिबार २२:२३ गते 1 Minute 257 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार