२०८० फाल्गुन १० बिहीबार

जनमत पार्टी पर्सामा सय भन्दा बढीले गरे प्रवेश

वीरगञ्ज – पर्साकाे पकहाँ मैनपुर गाउँपालिका वडा नं. १ काे प्रथम वडा अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनले रामनाथ मेहताको अध्यक्षतामा ३१ सदस्यीय वडा समिति गठन गरेकाे छ ।

अधिवेशनमा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फ, पुर्व बरिष्ठ प्रहरी उपरीक्षक अनुराग द्विवेदी, जिल्ला सचिव शशी पाण्डे, नेता कृष्ण पटेल, युवा जनमत संघ वीरगंजका संयोजक सन्जय सिंह, युवा नेता उदय यादव लगायतले शुभकामना व्यक्त गरेका थिए ।

साेही कार्यक्रममा पचास भन्दा बढी स्थानीयहरु विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेकाे पार्टीका पर्सा अध्यक्ष सर्राफले जानकारी दिए ।

त्यसै गरि आइतबार नै बिन्दवासिनी गाउँपालिका वडा नम्बर -५ मा पनि वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले स्थानीय नेता नन्दलाल पटेलको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरेकाे अध्यक्ष सर्राफले वताए ।

यसैगरी शनिबार पनि जनमत पार्टीकाे पर्सा जिल्ला कार्यालय वीरगञ्जमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएकाे थियाे ।

साे कार्यक्रममा जनमत पार्टीका नेता तथा पुर्व बरिष्ठ प्रहरी उपरीक्षक अनुराग द्विवेदीको पहलमा वीरगंज वडा नम्बर २५ का उदय तिवारी, जय प्रकाश पटेलको नेतृत्वमा विशाल सह तुरहा, सुरेश साह तुरहा, नागेन्द्र साह कानु लगायत दुई दर्जन ब्यक्तिहरु बिधिवत रुपमा जनमत परिवारमा आबद्ध भएका थिए ।

जनमत पार्टीमा प्रबेश गर्नेहरुलाई पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, केन्द्रिय सदस्यहरु करिना बेगम, मुकेश द्विवेदी, बिधालाल प्रसाद, अनिता रौनियार, महिला नेता अन्जना गुप्ता, जिल्ला सचिव शशी पान्डे, कोषाध्यक्ष अभिसेख तिवारी, युवा नेताहरु संजय सिंह, लोकेश कर्ण लगायतले माला एवं अबिर लगाई पार्टीमा स्वागत गरेका थिए । 

२०८० माघ २८, आईतवार २३:३७ गते 1 Minute 163 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार