२०८० फाल्गुन १० बिहीबार

समाजवादी प्रेस संगठन पर्साकाे प्रथम बैठक सम्पन्न

वीरगञ्ज– समाजवादी प्रेस संगठन नेपाल पर्साकाे प्रथम बैठक आइतबार वीरगञ्जमा सम्पन्न भएकाे छ । संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनकाे अध्यक्षतामा बसेकाे बैठकले मनाेज पटेल नेतृत्वकाे निर्वतमान जिल्ला कार्यसमितिलाई धन्यावाद ज्ञापन गरेकाे छ ।

त्यसैगरी बैठकले फागुन ११ गते वनवाेज कार्यक्रम गर्ने निर्णय गरेकाे छ । साेही वनभाेज कार्यक्रममा नवनिर्वाचित कार्यसमितिकाे प्रमाण पत्र र परिचय पत्र वितरण गर्ने पनि निर्णय गरेकाे संगठनका सचिव विनाेद पटेलले जानकारी दिए ।

यसैगरी बैठकले संगठनका केन्द्रिय सचिव बृजलाल पासवानका काका नन्दलाल पासवानकाे यही माघ २२ गते ५८ बर्षकाे उमेरमा असामयिक निधन भएकाेमा दु:ख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेकाे छ ।

नेकपा एकीकृत समाजवादीका केन्द्रिय सचिव नागेन्द्र चाैधरीकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकमा पर्सा जिल्ला अध्यक्ष एवम् प्रचार विभाग प्रमुख बालगाेपाल थापा, संगठनका केन्द्रिय महासचिव रामकुमार एलन, केन्द्रिय सचिवद्वय वृजलाल पासवान, नेपाेलियन चेपाङ्ग,  केन्द्रिय सदस्यद्वय रेविन्द्र कार्की, मनाेज पटेल, सल्लाहकार संजय साह लगायत जिल्ला कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुकाे उपस्थिती रहेकाे थियाे ।

२०८० माघ २८, आईतवार २०:५६ गते 1 Minute 126 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार