२०८० फाल्गुन १० बिहीबार

त्रिविमा भीसी नियुक्तिबारे सांसद सुमनाले मागे प्रधानमन्त्रीको जवाफ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको भीसी (उपकुलपति) नियुक्तिबारे प्रधानमन्त्रीको जवाफ माग गरेका छन् ।सोमबार बसेको प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बोल्दै उनले शिक्षामन्त्रीको कार्यसम्पादनमा शंका व्यक्त गर्दै प्रधानमन्त्रीले नै भीसी नियुक्तिको विषयमा समितिमा स्पष्ट जवाफ दिनुपर्ने माग गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले त्रिभुवन विश्वविद्यालयको भीसी नियुक्तिबारे कुनै राजनीतिक हस्तक्षेप नभएको दाबी गरेपछि उनले यसमा प्रधानमन्त्रीकै जवाफ माग गरेका हुन् ।

‘अयोग्य ठहरिनुपर्ने, बौद्धिक चोरी गर्ने व्यक्ति कुन हिसाबले नैतिकवान मानिन्छ ? यहाँ किन कसैको उजुरी परेन भनिएको ? किन छनबिन भएन ? यो एकेडेमीक पोजिसन हो । बौद्धिक चोरीको मान्छे कसरी भिसी हुन सक्छ ?’, उनले प्रश्न गर्दै भने ।

उनले अगाडि भने, ‘मन्त्रीज्युको कार्यसम्पादनमै शंका भयो। यहाँ प्रधानमन्त्रीज्यु नै चाहियो। गोप्य कोठामा गएर काम भयो भन्दैमा हुँदैन। चोरी भनेको चोरी नै हो ।?

२०८० माघ २९, सोमबार १४:२६ गते 1 Minute 72 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार