२०८० फाल्गुन १० बिहीबार

वीरगञ्जबाट १ करोड ३९ लाख भन्दा बढीको सामानसहित २ ट्रक प्रहरी नियन्त्रणमा

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले १ करोड ३९ लाख भन्दा बढीको भन्सार छलीका सामग्रीसहित २ वटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।

औषधी तथा खुद्रा सामान बोकेर वीरगञ्जबाट भैरहवातर्फ जाँदै गरेको ना.५ ख ८५६५ नम्बरको मालवाहक ट्रकबाट प्रहरीले ७० लाख ४३ हजार ७०५ रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिएको हो । बिलविजक शंकास्पद देखिएपछि वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर चोकस्थित सडकखण्डबाट ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार आजै वीरगञ्जबाट अर्काे मालवाहक ट्रक पनि नियन्त्रणमा लिइएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चौकमा चेकजाँचको क्रममा प्रदेश १–०१–००१ ख ३९१५ नम्बरको ट्रक नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए ।

वीरगञ्जबाट झापातिर जाँदै गरेको उक्त ट्रकबाट ६९ लाख १५ हजार १६९ रुपैयाँ बराबरको लत्ताकपडा तथा औषधी नियन्त्रणमा लिइएको हो । नियन्त्रीत दुवै मालवाहक ट्रकलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रवक्ता थापाले जानकारी दिए । 

२०८० माघ २९, सोमबार १६:२९ गते 1 Minute 96 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार