नेपाली प्रोफईंल
१६ जेष्ठ २०७७, शुक्रवार

स्वास्थ्य

२९ बैशाख २०७७

कोरोनाका कारण विश्वभर २ लाख ८३ हजार बढीको मृत्यु, अमेरिकामा मात्र ८० हजार बढीले ज्यान…

२९ बैशाख, काठमाडौं । विश्वभर कोरोना महामारीका कारण २ लाख ८३ हजार ६ सय ८७ जनाको मृत्यु भएको छ ।४१ लाख ७७ हजार बढी संक्रमित मध्ये करिब १४ लाख ८८ हजार उपचार पछि निको भएका छन् । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा…

Coronoa-in-nepal

नयाँ कोरोना सङ्क्रमित देखिएपछि दक्षिण कोरियाका क्लब र बार फेरि बन्द गर्ने घोषणा

काठमाण्डौ – दक्षिण कोरियाका क्लब र बारहरू फेरि बन्द गर्ने घोषणा गरिएको छ । दक्षिण कोरियाको सरकारले आउँदो एक महिनासम्मका लागि क्लब र बारहरु बन्द गर्ने घोषणा शुक्रबार गरेको हो । कोरोना भाइरसको सङ्क्रमण फैलिएर पनि नियन्त्रण गर्न सफल भएको…

१५ बैशाख २०७७

नेपाली शब्दकोशमा भाइरसको अर्थ सच्याइँदै

काठमाडौं । चीनको वुहान सहरबाट फैलिएको कोरोना (कोभिड–१९) महामारीका कारण चलनचल्तीमा आएका केही नयाँ प्राविधिक शब्द नेपाली शब्दकोशमा थप्न नेपाल प्रज्ञा प्रतिष्ठानले तयारी गरेको छ । हाल चलतचल्तीमा आएका थुप्रै नयाँ शब्द अबका पुस्ताले बुझुन् भन्ने उद्देश्यले प्रतिष्ठानले नयाँ शब्दहरु थप्ने…

कोरोना पोजेटिभ निको भई डिस्चार्ज

काठमाडौं । कोरोना सङ्क्रमित भई सेती प्रादेशिक अस्पताल धनगढीमा उचाररत थप एक व्यक्ति आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उपचाररत कैलालीको लम्कीचुहा नगरपालिकाकी ५० वर्षीया महिला कोरोना पोजेटिभ निको भई अस्पतालमाबाट डिस्चार्ज हुनुभएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिनुभयो…

Coronoa-in-nepal
१८ पुष २०७६

सन्तानलाई पुड्को हुनबाट जोगाउन गर्नुस् यी ९ काम

पुड्कोपनको सस्या पछिल्लो समय अस्वस्थ खानपानका कारण बढीरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । अधिकाशं हामी कतै पाहुना जाँदा होस् वा पाहुनाको स्वागत गर्दा सजिलोका लागि भन्दै जङ्गफुडको प्रयोग गर्दै आइरहेका छौ । यसरी कोशेलीका रुपमा लगिएको जङ्गफुड खानका बानि लागेका…

४ मङ्सिर २०७६

किन खाने रायोको साग

साग आफैंमा उपयोगी तरकारी हो । पकाएर र काँचै खान मिल्ने साग स्वादिलो पनि हुन्छ । त्यसमा पनि रायोको साग बहु उपयोगी हुन्छ ।संसारभर पाइने अनकौँ तरकारीमध्ये दोस्रो बढी पोषणयुक्त तरकारीमा रायो पर्छ । तसर्थ, रायो स्वास्थ्यका दृष्टिले झनै लाभदायक…

१७ कार्तिक २०७६

बालबच्चालाई धेरै सुकिलो मुकिलो राख्न पनि हुनसक्छ हानिकारक

एक सानी बच्चा छिन्, जसलाई आमाबुवाले अति नै स्यहारसुसार गरेर हुर्काएका छन् । उनलाई जथाभावी खेल्न दिइदैन, छुन दिइदैन । धुलो, पानी, फोहोरको सम्पर्कमा आउन दिइदैन । अलिकति पनि फोहोर-मैला हुन दिइदैन । उनलाई हरक्षण सुकिलो मुकिलो राखिन्छ । उनको…

२९ असोज २०७६

कमसल खानाले कलिलैमा मोटोपना

काठमाडौं : मुलुकमा ५ देखि १९ वर्षमा बालबालिका र किशोरकिशोरीमा हुने मोटोपना पछिल्ला ४० वर्षमा २९ गुणाले बढेको छ । यो समस्यामा कमसल खानाले गर्दा बढेको हो । ‘विश्वमा बालबालिकाको अवस्था २०१९–बालबालिका, खाना र पोषण’ सम्बन्धी युनिसेफले मंगलबार जारी गरेको…

१४ असोज २०७६

तपाईंको घुर्ने बानी छ ? वेवास्ता नगर्नुस्, हृदयघात होला

काठमाडौं : नाक, कान, घाँटी विशेषज्ञ डा. निर्मला तामाङका अनुसार धेरैको निद्रामा घुर्ने बानी हुन्छ, वरपरकालाई घुर्ने बानीले समस्या भए पनि आफूले घुरेको छु भन्ने आफैँलाई थाहा हुन्न । उनले निद्रामा घुर्ने बानी मोटोपना भएका र ज्येष्ठ नागरिकमा धेरै हुने…

२९ साउन २०७६

काठमाडौँमा डेङ्गु फैलनसक्ने

काठमाडौं : विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले काठमाडौँ उपत्यका डेङ्गुको उच्च जोखिममा रहेको जनाएको छ । डब्लूएचओ विशेषज्ञहरूको टोलीले नमुना सङ्कलन गरी गरेको अध्ययनपछि यो जानकारी आएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डब्लूएचओ टोलीलाई आमन्त्रण…