नेपाली प्रोफईंल
२१ जेष्ठ २०७७, बुधवार

म, बाबा, श्रीमान, छोरा कि अन्य ?

नन्द बहादुर ऐडी

भनिन्छ, मानिस सामाजिक प्राणी हो ।
सर्बश्रेष्ठ सामाजिक प्राणी हो । मानिस भएर जन्मे पछि अनेकौ नाता सम्वन्धमा जेलिनुपर्छ , अनेकौ जिम्मेवारीको भारमा पर्नुपर्छ । यो धुर्व सत्य कुरा हो । कहिले काही मनमा विभिन्न कुराले तरंग ल्याउँछ । म को हुँ ?
हुन पनि हो । वास्तवमा म को हुँ त ? म आफैले बुझन बाकीँ छ ?
यो प्रश्नको उत्तर म आफैले सन्तुष्टिका साथ पाउँन सकेको छैन् ।
लाग्छ कहिले काही म, म नै हु । कहिले काही म भनेको को नि ? हो जस्तो पनि लाग्छ ।
म को अर्थ,
नेपालाी समाजमा आफू भलो त जगत नै भलो भनिन्छ । यस अर्थमा म, म नै हुँ ।
मैले यो धर्तीमा पाईला टेक्दै गर्दा बुवाआमाको छोरा, बाजेवजैको नाती, दाजुदिदीको भाई चाईबहिनीको दाजु, भिनाजुको सोलो, मामा माईजुको भान्जा, फुपुफुवाजुको भदाय, भान्जा भान्जीको मामा, भतिजा भतिजीको काका लगायत अनगिन्ती नाता सम्बन्धमा जेलिसकेकोछु । सँगसँगै, समय परिवर्तन या विकास क्रम सँगै सामाजिक नाता एका पट्टी र व्यवसायिक नाता अर्को पट्टी निर्वाह गर्नु पर्ने बाध्यता मानिसले भोग्दै आउँने पर्ने कुरा दुई मत छैन् ।
आज म,
माथि उल्लेखित ताता सम्बन्ध भन्दा पनि नयाँ जिम्मेवारीको कुरा गर्दैछु ।
आज भोलीको कुरा गर्दा सर्वप्रथम म,
बुवा आमाको छोरा हुँ , श्रीमतीको श्रीमान साथ साथै छोराछोरीको बुवा पनि ।
सासु ससुराको ज्वाई, जेठानी÷जेठानको पनि ज्वाई, साला÷सालीको भिनाजु, लगायत यावत…. भनी साध्य छैन् ।
अर्को पाटो ,
मेरो सानै भएपनि आफनै खालको व्यक्तिगत रुपमा स्वामित्व भएको व्यवसाय भएकोले व्यवसायिक कुरा गर्दा ।
कार्यलयका कर्मचारीको लागि साहु, वैकं तथा वितीय संस्थाको लागि ऋणी वा कस्टुमर, नेताको लागि कार्यकर्ता वा भोटर अन्य साझेदार निकायको लागि सहपाटी वा वर्क पार्टनर ।
यी सबै कुरा सम्झदै गर्दा म को हुँ भन्ने कुरामा नै कहिले काहीँ अन्योलमा पर्छु । यो अन्योलताको सहि जवाफ अहिले सम्म पाएको छैन् ।
कुरा रह्यो,
म, बाबा, श्रीमान, छोरा कि अन्य ?
मैले बुझे अनुसार, म आजभोली सर्वप्रथम छोरी र छोराको बाबा हुँ, दोस्रोमा श्रीमतीको श्रीमान हुँ, तेस्रोमा आमाबाबाको छोरा हुँ, त्यसपछि मात्र अन्य हुँ ।
म यो कुरा किन भन्दैछु भने । मानिसले जे गर्छ, सर्व प्रथम आफनो लागि, त्यसपछि परिवारको लागि, अनि समाज र राष्ट्रको लागि या अन्य कुन/कसैको लागि ।
मानिसल जन्मने वित्तिकै सामाजिक नाता सम्बन्धले जेलि सकेको हुन्छ । बाच्दा सम्म यो सामाजिक नाता सम्बन्ध भित्रको जिम्मेवारी पूरा गर्नको लागि व्यवसायिक नाता सम्बन्धको साहारा लिर्नु पर्ने रहेछ । समग्रममा भन्नुपर्दा बाच्नकोे लागि संर्घष नै हो । तर सामाजिक सम्बन्ध अनुसार ।
पेशा जस्को जे भएपनि । वास्तवमा चाहिने समाज नै हो । सामाजिक संस्कार, सामाजिक सञ्जाल लगायतका कुराबाट लमानिस पक्कै पनि पछि हट्दैन् । आज नेपालकै कुरा गर्ने हो भने पदले कोही राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रधानन्यायधिस सासंद, सरकारी सेवाको माथिल्लो तहको अधिकारी या कुनै व्यवसायी, उद्योगपतिका साथै अन्य । जो जहाँ जे सुकै भएपनि बाच्नको लागि संघर्ष मात्रै गरेका हुन जस्तो लाग्छ । तर अवस्था अनुसार फरक तरिकाले बाचिन्छ । यो अलग कुरा हो ।
जीवनमा सुख होसु् या नहोस मतलब भएन तर खुसी र सन्तुष्टि हुनै पर्छ । जसको परिवारमा खुसी त सन्तुष्टी छैन् उ अभागी हो । सुखको परिभाषा फरक छ । मानिस भएर जन्मेपछि हरेक कुराको अनुभव र अनुभूतिका साथ अगाडी बढ्नुपर्छ, मैले जीवनको साढे २ दशकको अनुभव र अनुभूतिलाई संगाल्दै भन्नुपर्दा मानिसको जीवनमा सुख भन्दा पनि खुसी र सन्तुष्टी अनिवार्य आवश्यक छ । यो विनाको मानिसको जीवन अपूर्ण छ भन्दा फरक नपर्ला

प्रतिकृया दिनुहोस्