Nepali Profile

प्रमाणपत्र धितो राखेर ऋण नदिने बैँक कारबाहीमा पर्ने

काठमाडौँ ।  प्रेम बस्नेत शैक्षिक प्रमाणपत्र राखेर ऋण लिनका लागि अनुरोध गर्न नगएको कुनै बैँक बाँकी छैन । उहाँ मात्र होइन, अधिकाश स्नातक तह उतीर्ण गरिसकेका युवा वित्तिय संस्थामा सहुलियत ऋणका लागि पुग्ने गरे पनि रित्तो हात फर्कीन बाध्य छन् ।


अडियो सुन्नुहोस्

जुम्लाको जन्दननाथ नगरपालिका ५ का युवा अङ्गराज भारतीले पनि प्रमाणपत्र राखेर कर्जा दिने सरकारको व्यवस्था लागु नभएको गुनासाे गर्नुहुन्छ । सरकारको सहुलियतपुर्ण कर्जामा विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लिन पाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । 

बैँकको रकम जोखिममा नपर्ने निश्चित नभई ऋण दिन नसिकने बताउनुहुन्छ बैंकर्स एसोसिएनसन नेपालका सदस्य अशोक   शेरचन । ‘यसबारेमा सरकार मातहतका निकायसँग कुराकानी हुँदैछ। कसरी ऋण प्रवाह गर्ने भन्ने बारेमा निश्चित भएपछि हामी अघि बढ्छौँ ।’ शेरचनले भन्नुभयो। 


तर अर्थ मन्त्रालयले भने लगानीको जोखिम नहोस् भनेर कार्यविधिमा स्पष्टसँग व्यवस्था गरिसकेको दावी गर्छ । अर्थ मन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन संस्थान समन्वय महाशाखा प्रमुख उत्तरकुमार खत्री बैँकहरु डराउनुपर्ने कुनै कारण नभएकाे बताउनुहुन्छ ।


सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार विद्यार्थीले पाँच वर्षका लागि सात लाख रुपैयाँसम्मको ऋण आफ्नो शैक्षिक प्रमाणपत्रका आधारमा पाउनेछन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटी भन्नुहुन्छ, ‘ कुनै पनि हालतमा सरकारले सुरु गरेको प्रमाणपत्रका आधारमा ऋण लिने व्यवस्था कार्यान्वयनमा जान्छ । जुन बैँकले आनाकानी गर्छ, हामी उसलाई कारबाहीको तयारीमा छौँ ।’ 

ऋण लिनका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र ४० वर्ष ननाघेको हुनुपर्छ । जुन व्यवसाय गर्ने हो त्यसको योजना र उद्यमशीलतासम्बन्धी कम्तीमा सात दिनको तालिम लिएको हुनुपर्ने कार्यविधिमा छ । 

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: