परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका भ्रमणमा जादै

काठमाडौँ रासस । 
 परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा जानुहुने भएको छ । 

उहाँले अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग पुस ३ गते वासिङ्टन डिसीमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा मन्त्री ज्ञवालीले राष्ट्रपति कार्यालय, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) र मिलेनियम च्यालेञ्ज कर्पोरेशनका उच्च अधिकारीसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नुहुनेछ । 

पुस ३ गते नै परराष्ट्र सचिव शङ्करदास वैरागीले अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएशिया मामिलासम्बन्धी प्रमुख उपसहायक सचिव एलाइस जी वेल्ससँग परामर्श बैठक गर्ने कार्यक्रम छ । सचिव वैरागीले नेतृत्व गर्ने परामर्श बैठकका सदस्यमा अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, अर्थ र गृह मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली दूतावासका अधिकारी हुनुहुन्छ । मन्त्री ज्ञवाली पुस ६ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ । 

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: