जोन ११ बाट रोटा क्वीजमा रोट्रयाक्ट क्ल्व अफ बुटवल उत्कृष्ट

देशभर शनिबार जोन लेभल नेशनल वाईड रोटा क्वीज वर्ष २०१८-१९ सम्पन्न भएको छ । रोट्रयाक्ट क्लव अफ पर्वतका रो.सन्तोष पौडेलको स्मृतिमा पहिलो चरणमा जोनल लेभल नेशनल वाईड रोटा क्वीज सम्पन्न भएको हो । 

नेपालमा रहेका १३ जोन अन्तर्गत जोन ११ मा सम्पन्न रोटा क्वीजमा रोट्रयाक्ट क्ल्व अफ बुटवल उत्कृष्ट भएको कार्यक्रम संयोजक प्रकाश खनालले जानकारी दिनुभएको छ । ६ टिम सहभागी रहेको कार्यक्रममा ५ टिमलाई पछि पार्दै बुटवल उत्कृष्ट बनेको उहाले बताउनुभयो । 

बुटवल एम्स कलेजमा भएको कार्यक्रम रोट्रयाक्ट क्लव अफ तिनाउ सिटिको अध्यक्ष प्रकाश पराजुली को अध्यक्षता,रोटारियन किशु शर्माको प्रमुख आतिथ्यता तथा जोन ११ का जेड.आर.आर दिप सुबेदी, रोट्रयाक्ट क्ल्व अफ तिलोत्तमाक रुपन्देहीका पुर्व अध्यक्ष (Community Service Director) को आतिथ्यता सम्पन्न भएको हो । कार्यक्रममा दिप सुबेदीको स्वागत तथा सचिव अनुप पाण्डेको संचालनमा सम्पन्न भएको हो ।

१३ वटा जोनबाट उत्कृष्ट बनेका १३ टिमले आगामी माघ ४ र ५ गते हुन गईरहेको रोट्रयाक्ट नेपालको ११ औँ राष्ट्रिय सम्मेलनमा प्रतिस्पर्धा गर्नेछन् । सम्मेलन रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राममा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा सम्पन्न हुनेछ ।  

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: