लियो जिल्ला परिषद ३२५ बी टुको दोस्रो बोर्ड बैठक तथा छैठौं जिल्ला अवार्ड समारोह

लियो जिल्ला परिषद ३२५ बी टु वर्ष २०१८/०१९ को दोस्रो बोर्ड बैठक तथा छैठौं जिल्ला अवार्ड समारोह यहि पौष २० र २१ गते पश्चिम नेपालको कञ्चनपुरमा हुने भएको छ । कञ्चनपुरको महेन्द्रनगरमा हुने कार्यक्रमको तयारी लगभग सकिएको अवस्थामा यस जिल्ला परिषद अन्तरगत रहेको रिजन ९ को भेला र सम्मेलन रिजन संयोजक लि. मदन थापा को अधयक्षतामा र लि. अम्बदुल साजिद् ( लियो जिल्ला परिषद ३२५ बी टु वर्ष २०१८/०१९ सह सचिवको ) प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

जिल्ला परिषदलाई अाफ्नो क्षेत्रबाट कसरी प्रभावकारी बनाउने र लियो जिल्ला परिषदको बोर्ड बैठकमा रिजनबाट प्रस्तावित गर्नुपर्ने एजेन्डामा छलफल गर्दै NLF र जिल्ला परिषदको विधान सम्बन्धमा के कसरी अगाडि बढ्ने विषयमा अन्तरक्रिया समेत गरिएको कुरा लि. क्लब अफ बुटवल सिटीका संस्थापक अध्यक्ष लि. अाशिष सुवेदीले जानकारी गराउनु भयो । लियो जिल्ला परिषद ३२५ बी टु रिजन ९ अन्तरगतका क्लब अध्यक्ष र प्रतिनिधिको उपस्थिति रहेको उक्त कार्यक्रम लियो क्लब अफ बुटवल सिटीको सहकार्यमा सम्पन्न भएको थियो र My Lci सम्बन्धि परामर्श र तालिम पनि दिइएको थियो ।

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: