Nepali Profile

प्रत्यक्ष वैदेशिक लगानी विस्तारमा सहयोग गर्न नेपाली उद्यमीद्वारा श्रीलंकाका राजदूतलाई आग्रह

काठमाण्डौ–नेपाल स्थित श्रीलंका राजदूतावास र नेपाल श्रीलंका चेम्बर अफ कमर्श एण्ड इन्ड्रष्टिजको संयुक्त आयोजनामा आर्थिक सम्बन्ध विस्तारका बिषयमा छलफल भएको छ । नेपाल र श्रीलंकाबीच दौत्यसम्बन्ध कायम भएको ६१औं वर्षगाँठको अवसरमा नेपाली उद्यमी व्यवसायी र श्रीलंका राजदूतावासकाबीच कसरी दुई देशीय सम्बन्धलाई आर्थिक हिसावले घनिभूत पार्न सकिन्छ र लगानीलाई दुवैतर्फ कसरी आकिर्षत गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।

कुटनीतिक सम्बन्धलाई अझ गाढा बनाउँदै मुलुकको समृद्धि र विकासलाई आर्थिक क्रियाकलापको माध्यमबाट अझ नजिक बनाउनु पर्दछ भन्ने अभिप्रायले २००६ मा दुई देशबीच उद्योग वाणिज्य संघको रुपमा नेपाल श्रीलंका चेम्वर अफ कर्मश एण्ड इन्ड्रष्ट्रिज गठन भएको हो । 

कार्यक्रममा नेपालका लागी श्रीलंका राजदुत स्वर्ण परेराले नेपाल र श्रीलंकाबीचको  ६१ औं वर्ष गाँठ प्रवेश गर्दै गर्दा दुईदेशीय आर्थिक सम्बन्धलाई थप बलियो पार्नुपर्ने बताए । उनले पर्यटनको प्रशस्त सम्भावना भएतापनि दुई देशबीच सिधै उडान हुन नसक्दा  वार्षिक ५० औं हजार पर्यटक भारत हुँदै लुम्विनी जाने गरेको वताए । ७४ प्रतिशत वुद्धिष्ट धर्मावलम्बीहरु भएको देश श्रीलंकाका नागरिक लम्बिनीसम्म ल्याउन सके यसले पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने वताए ।

संघ गठन पश्चात द्धिपक्षीय लगानी अभिबृद्धिका सन्दर्भमा दुवै देशका उद्यमी व्यवसायीहरुबीच संयुक्त लगानी परियोजनाहरुमा काम अघि बढाइएको नेपाल श्रीलंका उद्योग वाणिज्य संघका अध्यक्ष रमेश महर्जनले बताए ।

उनले नेपाल र श्रीलंकाबीच द्धिपक्षीय संयुक्त लगानीका प्रशस्त सम्भावनाहरु रहेको बताए । खासगरी चिया, जडिवुटी, पत्थर, सिफुड, शिक्षा, पर्यटन, जलविद्युत आदि थुप्रै क्षेत्रहरु रहेका छन् । सन् १९९९ मा नै दुई देश बीच एग्रिमेन्ट अफ ओभिडेन्स अफ डवल ट्याग सेसन सम्पन्न भएकाले पनि नेपालमा श्रीलंकाबीचको प्रत्यक्ष लगानीमा सहजता रहेको उनले बताए । 

नेपालमा श्रीलंकाबाट बैक तथा विमा क्षेत्रमा संयुक्त लगानी प्रवाह भएको देखिन्छ भने पछिल्लो समय ७ वटा परियोजनामा लगानी स्वीकृत भएको सहकारी तथांकले देखाएको छ । 

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: