प्रदेश ५ का तिन उद्योगबाट उत्पादित वस्तुलाई गुणस्तर चिह्न

बुटवल । नेपाल गुणस्तर तथा नापतौल विभागले चालु आर्थिक वर्षमा प्रदेश ५ का 
३ उद्योगबाट उत्पादित ३ बस्तुलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ ।

विभागले वर्षा रिसाइक्लिङ प्रालि बाँकेबाट उत्पादित प्रेसर कुकर, जया वागेश्वरी रोटामोडलिङ रुपन्देहीबाट उत्पादित पीभिसी पाइप र इन्टरटेक पाइप एण्ड फिटिङ रुपन्देहीबाट उत्पादित पिभिसी पाइपलाई गुणस्तर चिह्न प्रदान गरेको हो ।

यस्तै, प्रदेश ४ को होङ्सी सिमेन्ट उद्योग नवलपरासीबाट उत्पादित पिपिसी सिमेन्टलाई समेत गुणस्तर चिह्न प्रदान गरेको छ ।

विभागले हालसम्म देशभरका ६० वस्तुमा २५० उद्योगबाट उत्पादित ३६९ प्रकारका सामाग्रीलाई गुणस्तर चिह्नको इजाजत पत्र प्रदान गरिसकेको छ ।

साभार

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: