नेपाली प्रोफईंल
२१ जेष्ठ २०७७, बुधवार

दाइजोको मोटरसाइकल नामसारी नगर्दा कुसुमको हत्या

जनकपुर। धनुषाको मिथिला बिहारी नगरपालिकामा एक जनाले दाइजोमा पाएको मोटरसाइकल नामसारी नगरेको रिसमा पत्नीको ह त्या गरेका छन् । मिथिला बिहारी नगरपालिका–३ स्थित मिथिलेश्वरका करिब २८ वर्षका प्रकाश मण्डलले दाइजोमा लिएको मोटरसाइकल ससुराली पक्षले नामसारी नगरिदिएको भन्दै करिब २२ वर्षीया पत्नी कुसुम मण्डलको ह त्या गरेको आरोप ससुराली पक्षले लगाएको छ ।

कुसुमलाई उनका ससुरा रामचन्द्र मण्डलले उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा ल्याएका थिए । कुसुमको श’व अस्पतालमा पु-याउनासाथ उनी फ’रार भएका थिए । शनिबार बिहानी माइती पक्षले घ’टनाबारे जानकारी पाएपछि मात्रै अस्पताल पुगेका थिए । कुसुमका बुवा जीबछ मण्डलले दाइजोमा दिएको मोटरसाइकलको नामसारी आर्थिक अभावका गर्न नसकेको जनाए । मोटरसाइकल नामसारी नगरेकै कारण आफ्नो छोरीको ह त्या भएको उनको आरोप छ ।

‘ज्वाइँ प्रकाशले मोटरसाइकल नामसारीका लागि पटकपटक दबाब दिँदै आएका थिए,’ जीबछले भने, ‘तर आर्थिक अभावका कारण नामसारी गर्न सकेनौं । त्यही झोंकमा मेरो छोरीलाई ह त्या गरेको हो ।’ घ’ट’नाबारे गाउँलेले जानकारी दिएपछि अस्पताल आएको उनले बताए । कुसुमको शव अहिले प्रादेशिक अस्पतालको पो’ष्ट’मा’र्टमका लागि राखिएको छ ।

डेढ वर्षअघि कुसुमसँग प्रकाशको विवाह भएको थियो । विवाहमा २ लाख रुपैयाँ नगद, १ सय ५० सिसीको अपाचे मोटरसाइकल, सुन र १५ तोला चाँदी दाइजो दिएको मृ तक कुसुमका माइती पक्षको भनाइ छ । घटना शं’का’स्पद देखिएको भन्दै प्रहरीले कुसुमका श्रीमान प्रकाशलाई प’क्रा’उ गरेको छ । प्रहरी उपरीक्षक शेखर खनालले आ’रो’पित प्रकाशलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान सुरु गरिएको जानकारी दिए।

प्रतिकृया दिनुहोस्