बुटवलबाट राजधानी सार्ने षड्यन्त्र गरिएको भन्दै रुपन्देही कांग्रेसले बुटवलमा प्रदर्शन गर्ने

प्रदेशको स्थायी राजधानी तोक्न माग गर्दै नेपाली कांग्रेसले माघ ३ गते बुटवलमा गर्ने बृहत् जनप्रर्दशन गर्ने भएको छ । कांग्रेस क्षेत्रीय समिति क्षेत्र नम्बर २ को बिहीवार बसेको बैठकले जनप्रदर्शन गर्ने निर्णय गर्दै जनप्रर्दशनलाई ऐतिहासिक बनाउन र व्यापक जनसहभागिता जुटाउनका लागि कांग्रेसका नगर, वडा तथा टोल समितिको परिचालन तथा प्रचारप्रसार तीव्र बनाउने निर्णय पनि गरिएको छ ।दुईतिहाई बहुमतको आडमा जनभावना विपरीत राजधानी सार्नेसम्मको षड्यन्त्रका विषयमा सचेत हुन सबै जिल्लावासीमा आग्रह गरेको क्षेत्रीय सभापति हरि लम्सासले जानकारी दिए ।बैठकमा क्षेत्र नम्बर २ अन्तर्गतका २३ वटा वडाका सभापति बुटवल तिलोत्तमा तथा सैनामैनाका नगर समितिका पदाधिकारी तथा सदस्यले सबै कांग्रेसका क्रियाशील सदस्यलाई परिचालन गर्ने र प्रत्येक घरबाट माघ ३ गते बुटवलमा जनसहभागिता गराउने विषयमा निर्णय भएको छ ।सो अवसरमा बोल्दै सभापति लम्सालले शेरबहादुर देउवा नेतृत्वको विगतको सरकारले बुटवलमा अस्थायी राजधानी तोकेपनि राजनीतिक आग्रह पूर्वाग्रहमा बुटवलबाट अन्यत्र सार्ने कुरा बुटवलका सर्वसाधारणका लागि स्वीकार्य नहुने बताए ।बुटवलका संघसंस्थाले आफ्ना कार्यालयदेखि सबै संरचना त्यागेर राजधानी राखेपनि अब यसलाई अन्यत्र लैजाने कुरा कदापी नहुने उनले बताए । माघ ३ गते प्रदेशको अस्थायी राजधानी बुटवल तोकिएको १ वर्ष पुग्दैछ । तर प्रदेश सरकारले १ वर्षको अवधिमा पनि स्थायी राजधानीका लागि पहल नगरेको र अन्यत्र सार्ने षड्यन्त्र भइरहेको कांग्रेसको आरोप रहेको छ ।षड्यन्त्रको भण्डाफोर गर्न ३ गते पार्टीका केन्द्रिय नेताको सहभागितामा जनप्रर्दशन तथा खबरदारी सभाको आयोजना गरिएको यसअघि नेपाली कांग्रेस रुपन्देहीले जनाएको छ ।

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: