Nepali Profile

रिडी मेलाको तयारी अन्तिम चरणमा

तिन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम रुरु स्थित रिडीमा यस वर्षको मागे सक्रान्ती मेला बिबिध कार्यक्रमको आयोजना गरि सम्पन्न हुने भएको छ । बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि रुरु गाउँ पालिका वार्ड न १ को आयोजना र रुरु फ्रेण्ड क्लव लगायत रुरु स्थित आदा दर्जन भन्दा वढी संघ सस्थाको संयोजनमा माघ १ गते देखि ५ गते सम्म बिबिध कार्यक्रमको आयोजना गरिएको रुरु गाउँ पालिका वार्ड न १ का अध्यक्ष रामलाल बिश्वकर्माले जानकारी दिए ।बिगतका वर्षहरुमा भन्दा यस वर्ष कार्यक्रम अझ प्रभावकारी र केहि कार्यक्रमहरु समेत थप गरिएको अध्यक्ष बिश्वर्काले बताए । यसवर्ष वडा ले व्यबसायी को सुबिधा लाई ध्यान मा राख्दै आफै स्टल निर्माण गरि व्यापारी लाई दिने भएको छ । फेन्सी को व्यापार गर्नेको लागि प्रती स्टल पाँच दिन्को आठ हजार र होटल ब्याबसायी को लागि प्रती हात पाँच सयका दरले जग्गा उपलब्ध गरायको छ । यस बर्ष गुल्मी तर्फ होटल को लागि जम्मा ३६ स्टल निर्माण भएका छन ,भने फेन्सी जन्य सामाग्री व्यापार का लागि १३० स्टल निर्माण गरिएको छ, त्यसै गरि पाल्पा तर्फ होटल को लागि १० स्टल र अन्य ब्याबसायी को लागि ७२ स्टल तयार गरिएको छ । यो बिगतको बर्ष भन्दा अझ सस्तो र सुबिधा जनक हो । अध्यक्ष बिकका अनुसार मेला ब्याबस्थित गर्न बगरमा धेरै धुलो हुने भएकोले भुइँमा बालुवा र गिट्टी बिछ्याइने र प्रत्येक दिन ट्याङ्कर बाट पानी छर्कने ब्याबस्था मिलाइने भएको छ । यस क्षेत्रमा आउने तिर्थालु लाई सुबिधा जनक स्नान एव दर्शन गर्न को लागि कालीगण्डकी नदिमा डोजर लगाइ सफा गरि,सम्मो पारिएको छ र नदि किनार मा लास का हुन गयको फोहोस सफा गरिएको छ । साथै गण्डकी किनार मा बास गाडी कपडा झ्न्ड्याउने ब्याबस्था मिलाएको छ । श्रर्दालुहरुको स्नान पछि लाइन बद्ध रुपमा लामाचौपारी को बिष्णु मन्दिर,ऋिषकेश मन्दिर,भृगुतुमेश्वर महादेव को दर्शन गर्न सक्ने छन् ।यस्को साथै मेला अबधिको लागि गुल्मी र पाल्पा को संयुक्त शैन्य बल गण ले माघ १ गते निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ आर्मी का क्याप्टेन महेश ज्ञवाली ले रुरु खबर लाई दिएको जाजनकारी अनुसास माघ १ गते यस क्षेत्रका जनताको सुबिधा लाई ध्यान मा राख्दै ऋिषकेश को गेट नेर स्वास्थ्य शिबिर रहने छ जहाँ तीन जना दक्ष डाक्टर बाट सेवा उपलब्ध गराइने छ । सय क्षेत्रका बिरामी ले नेपाल आर्मी ले दिएको निशुल्क सेवा लिन सक्ने छन । मेलामा कृषि प्रदर्शनी ,र्या्फ्टिङ्ग,बाट पाँच दिन सम्म भरपुर मनोरञ्जन लिन सकिने छ । मेला भर्न प्रतेक बर्ष रुकुम ,रोल्पा,जुम्ला र सल्यान बाट राडिपाखी को व्यापार गर्न हिन्दै आउने गर्दछन् । उनिहरुको सुबिधा लाई ध्यान दिँदै उनिहरु लाई मैदान को गेट को दायाँ तर्फ पक्की ट्रस्टमा निशुल्क रुपमा जग्गा उपलब्ध गराइएको वाडाले जनाएको छ । मेला मा हुन सक्ने सम्भाब्यता लाई मध्यनजर गर्दै वाडा को पहल्मा ,स्थानिय र फ्रेण्डस क्लब र प्रशासन को बैठक ले मेला अबधि भर मधिराजन्य बस्तु लाई प्रतिबन्ध लगाइएको छ । भने मेला अबधी भर भरपुर सुरक्षाको लागि आर्मी क्याप र ससस्त्र क्याप समेत रहने ब्याबस्था मिलाइएको छ ।

गुल्मी,पाल्पा र स्याङ्गजाको संगमस्थल रुरु गाउँपालिकाको रिडी ऐतिहासिक क्षेत्र रुरु बृहत सांस्कृतिक कार्यक्रममा को आयोजना रुरु फेण्डस क्बल ले गर्दै छ क्ल्ब का का बा अध्यक्ष शोभित थापा का अनुसार कार्यक्रम मा नेपालका चर्चित दर्जनौ कलाकरहरु को उपस्थित हुने छ प्रजापती पराजुलि , प्रमोद खरेल , कुरेन्द्र बिक, नेपाल आइडल निशान भट्टराई , प्रतप दास ,शिरिष देवकोटा ,पशुपती शर्मा पृती आले, बैकुन्ठ महत, पुष्कल शर्मा, लक्ष्मण खड्का,अर्जुन कौशल , हास्यकलाकार राजा राजेन्द्र ,दैनिक रुरुकला केन्द्रको प्रस्तुती,शशी रावल, शिलु भट्टराई, नारायण बिपि परियार ,बिष्णु श्रीपाली,कलाकार दान वीर,पवन परियार,नन्दु परियार, प्रेम लामिछने ,मन्जुथापा,माग्ने बुढा, नारयण भण्डारी, शुन्दर भण्डारी, पुर्खे बा, ,नबिन पौडेल,सम्झना भण्डारी नेपाल आइडक का कलाकार हरु निशान भट्टराई , आमात्य ब्याड र अन्य थुप्रै कलाकार को प्रस्तुती रहने आयोजकले जनाएको छ ।

यस पटक गुल्मी र पाल्पा मा छुट्टाछुट्टै तरिकाले मेला को आयोजना गरिएको छ ,पाल्पा तर्फको मेलाको लागि ता न पा १४ र देउराली युवा क्लब ले मेला ब्याबस्थापन गर्दै छ । पाल्पा जिल्जा मा ७२ वटा स्टल रहेका छन ,भने सस्कृतिक कार्यक्रम ,पिङ्ग,झुला लगाएत बाल उड्डयन का सम्पुण सामाग्री ,रहने लक्ष्मण भट्टराई राधे राधे ले जानकारी दिनु भयो । उहाँ का अनुसार मेला पाँच दिन हुने छ ,पाल्पा मा थप रौनका साथ मेला आयोजना गरिएको छ । विशेष ख्याती प्रप्त कलाकार को प्रस्तुति ,साथै मन्दिर परिषद् मा श्रीमत भागवत प्रबचन शैन्य स्वास्थ्य शिबिर लगायत को विशेषता समाबेश गरिएको छ ।

सांस्कृतिक कार्यक्रम बाहेक मतकुवा, वाल उड्यन, पिङ्ग,कालि गण्डकीमा र्‍याफ्टिङ्ग, कृषि मेला प्रर्दशनि, स्थानिय तिन जिल्लाका बिभिन्न संस्कृति झल्कने नाच गान तथा स्थानिय भेसभुसा झल्कने नाच सगै बिभिन्न जातिले तयार पारेका परिकारहरु पनि मेलामा राखिने रुरु वार्ड अध्यक्ष बिश्वकर्माले जानकारी दिए । क्लवले यतिबेला तयारीलाई तिब्र पार्नको लागी आर्थिक तथा मेलाको लागी सबै तयारीको लागी काम गरि रहेको मेला का ब्याबस्थापक थथा पुर्व उपाध्यक्ष समेत रहनु भएका चन्द्रलाल कसजु ले जानकारी दिनु भयो ।

गुल्मीको ऐतिहासिक क्षेत्र रिडीमा माघे सक्रान्ती सगै एकादसी, साउने सक्रान्ती, असारे एकादसी, भदौरे कृष्ण अष्ठमी, कार्तिक ठुला एकादसी लगायतका पर्वहरुमा मेला तथा यस क्षेत्रमा नुहाउने तथा पुजा आजा गर्ने प्रचलन छ । गुल्मी,पाल्पा, स्याङ्गजाको संगमस्थल रिडी नेपालकै चार धाम मध्येको एक धाम मानिन्छ यस क्षेत्रमा प्राचिन समयमा देबदत्त रिषीले तपस्या गरेको धार्मिक मान्यता छ ।



Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: