नेपाली टोलीलाई ब्याटिङ प्रशिक्षण दिन आइपुगे पटवाल

काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एकदिवसीय र टीट्वेन्टी क्रिकेट शृंखलाको तयारीमा जुटेको नेपाली टोलीका लागि ब्याटिङ कन्सलट्यान्ट प्रशिक्षक नियुक्त उमेश पटवाल बिहीबार नेपाल आइपुगेका छन्।

ब्याटिङ प्रशिक्षकका रूपमा अफगानिस्तानको राष्ट्रिय टोली सम्हालिसकेका पटवाल दोस्रोपटक नेपाली राष्ट्रिय टोलीको कन्सलट्यान्ट प्रशिक्षक नियुक्त भएका हुन्। उनले यसअघि गत मार्च ४ देखि २५ सम्म जिम्बाब्वेमा भएको आईसीसी टीट्वेन्टी विश्वकप छनोट प्रतियोगिताका लागि पहिलोपटक नेपाली टोलीको ब्याटिङ कन्सल्ट्यान्ट प्रशिक्षकका रूपमा काम गरेका थिए। त्यसयता उनलाई नेपाली खेलाडी र प्रशिक्षकको सिफारिसमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले फेरि यूएईविरुद्धको शृंखलाका लागि नेपाली टोलीको ब्याटिङ सुधार्ने जिम्मेवारी सुम्पिएको हो।

पटवाल नेपाली खेलाडीलाई राम्रोसँग बुझेका विदेशी प्रशिक्षकमध्ये पर्छन्। राष्ट्रिय टोलीको जिम्मेवारीपछि पनि उनी निरन्तर नेपालमा भएका प्रतियोगिता र खेलाडीसँग जोडिँदै आएका छन्। उनले गत कात्तिकमा पोखरामा भएको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा प्रतियोगिता निर्देशकका रूपमा काम गरेका थिए। त्यसपछि हालै त्रिवि मैदानमा सम्पन्न एभरेस्ट प्रिमियर लिग (ईपीएल)मा पनि उनले विराटनगर वारियर्सका लागि प्रशिक्षकका रूपमा काम गरेका थिए।

पटवालसँगै यूएईविरुद्धको शृंखलाका लागि भारतीय सुवास पात्रोले नेपाली टोलीका लागि फिजिकल ट्रेनरका रूपमा काम गरिरहेका छन्।

नेपालले यूएईविरुद्ध यही जनवारी २५ देखि फेब्रुअरी ३ सम्म दुबईमा तीन एकदिवसीय र तीनवटा टीट्वेन्टी खेलको शृंखला खेल्ने तय भएको छ।

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: