जापानिज मन्त्री नेपालबाट बिदा हुनै लाग्दा तीन करोड नेपाली र प्रधानमन्त्री ओलीलाई दिए निकै ठुलो गिफ्ट

काठमाडौ । नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री कानो तारोले बालुवाटारमा जन्मदिन मनाएका छन् ।बिहीबार बिहान प्रधानमन्त्री केपीशर्मा ओलीसँग भेटवार्ता गर्दै उनले बालुवाटारमै जन्मदिन मनाएका हुन्। ।

जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले कानोलाई सरप्राइज गिफ्ट भन्दै बधाई दिएका थिए । कानो ५६ वर्षमा प्रवेश गरेका छन् । उनले नेपालका प्रधानमन्त्रीसँग जन्मदिन मनाउने अवसर पाएको भन्दै खुसी व्यक्त गरे ।विदेशमन्त्री तारोले नेपालसँग श्रम सम्झौता गर्न जापानी टोली निकट भविष्यमा काठमाडौँ आउने तथा नेपाल र जापानबीच हवाई सेवा सम्झौता भएसँगै नेपालको पर्यटन प्रबद्र्धन र विशेषगरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापानबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।जापानी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय प्रेस महाशाखाका निर्देशक नात्सुको साकाताले जापानी विदेशमन्त्री तारो कोनोको हालको भ्रमणले जापान–नेपाल सम्बन्धमा नयाँ आयाम थपिएको प्रतिक्रिया दिएका छन् ।

जापानी विदेशमन्त्रीको भ्रमण दलमा रहेको साकाताले आज साँझ यहाँ नेपाली सञ्चारमाध्यमका केही सम्पादकसँगको कुराकानीमा भने, ‘यो भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको छ र यसले आगामी दिनमा उच्चस्तरीय भ्रमणको आदानप्रदानका साथै जनताबीचका सम्बन्ध विस्तारमा पनि थप प्रगतिको ढोका खोलेको छ ।’

लामो समयदेखि दुई देशका उच्च राजनीतिक तहमा भ्रमण आदानप्रदान र भेटवार्ता हुन नसकेकामा आगामी दिनमा त्यसले निरन्तरता पाउने र दुई देशबीच आज सम्पन्न भएको हवाई सम्झौताले नेपाल र जापानबीच भ्रमण र आदानप्रदानमा टेवा पुग्ने उनको धारणा थियो ।

जापान नेपालको हितैषी मित्रराष्ट्र र एक प्रमुख दाता राष्टका रुपमा विगत दशकौँदेखि नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक तथा विविध क्षेत्रमा सहयोग पु¥याउँदै आएको उनले स्मरण गरे ।

समृद्ध नेपाल देख्ने जापानको चाहना हो भन्दै यसका लागि जापानले नेपाललाई विगतदेखिको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने उनले बताए । उनले जापानले हालै मात्र आफ्नो देशको श्रम कानुनमा परिवर्तन गरी नेपाललाई पनि जापानलाई आवश्यक पर्ने मानव स्रोत लैजाने देशको सूचीमा राखेको जानकारी दिँदै यसबाट नेपालका दक्ष जनशक्तिले जापानको श्रम बजारमा काम पाउने धारणा राखे ।

उनका अनुसार यसरी लाने जनशक्तिको छनोटको संरचना भने जापानका विभिन्न मन्त्रालय र त्यससँग सम्बन्धित विभाग वा क्षेत्रले तोक्ने बताए । आगामी अप्रिल महिनादेखि त्यसको प्रक्रिया शुरु हुने र यसका लागि नेपालसहित नौ देशका मानवस्रोत जापान लैजाने उनले उनले जानकारी दिए ।विभिन् १४ क्षेत्रमा कार्यरत नेपाली दक्ष जनशक्तिलाई जापानले आफ्ना श्रम शक्तिको सूचीमा राखेको उनले बताए । ती क्षेत्रमध्ये निर्माण क्षेत्र, उद्योग र कलकारखानाका कामदार, कृषि, माछापालन, अटोमोबाइल, होटल ट्राभल्सलगायतका सेवा क्षेत्र, निर्माण सामग्री, खाद्यान्न उत्पादनलगायतका रहेका छन् । यी जनशक्तिलाई जापान लैजाने विषयमा आवश्यकस्वरुप, छनोटका आधार छिट्टै नै तय गरिने उनले बताए ।

छनोटका प्रमुख दुई आधारमा पहिलो सम्बन्धित क्षेत्रमा ती जनशक्तिले आर्जन गरेको दक्षता र अर्काे जापानी भाषाको सीप रहने उनको भनाइ थियो ।

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: