११ औँ रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स आयोजना हुँदै |

बुटवल, पुस २८ – यहीँ माघ ४ र ५ गते हुन गहिरहेको रोट्रायाक डिस्टिक कन्फ्रेन्स बारे कार्यक्रम आयोजक क्लबहरुले प्रेस कन्फ्रेन्स गरेका छन् । कार्यक्रम को अध्यक्षता रोट्रायाक कल्ब अफ बुटवलका रोट्रायाक निरज पाण्डे उपस्थिति र कार्यक्रम संचालन रोट्रायाक कल्ब अफ तिनाउ सिटि का अध्यक्ष रोट्रायाक्टर प्रकाश पराजुलीले गर्नु भएको थियो। भने स्वागत मन्तब्य रोट्रायाक क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष प्रकाश शर्मा ले गर्नु भएको थियो । सो कार्यक्रम मा रोट्रायाक डिस्ट्रिकको प्रतिनिधित्व गर्दै (C.S.D) कम्युनिटी सर्भिस डाईरेक्टर रोट्रायाक्टर बिक्रम क्षेत्रीको उपस्थिति थियोे ।

रोट्रायाक डिस्ट्रिक्ट ३२९२, नेपाल भुटानले११ औं रोट्रायाक डिस्ट्रिक्ट कन्फेन्स आयोजना गर्दैछ। यो सम्मेलन जनवरी १८ र १९ मा रुपन्देहीको मणिग्राममा अबस्थित ड्रीमल्यान्ड गोल्ड रिसोर्टमा हुँदैछ। रोट्रायाक डिस्ट्रिक्ट कन्फ्रेन्स आयोजना गर्ने वार्षिक कार्यक्रम हो र यस कन्फ्रेन्समा देशभर छरिएर रहेका रोट्रायाक क्लबहरुबाट १,०००युबा जति सहभागी हुने अनुमान गरिएको छ। सम्मेलनको मूल विषय (थिम) भनेको क्रिएटिंग स्पेसेस फर युथ (युवाहरुको लागि स्थान सृजना) भनेर राखिएको छ।
रोट्रायाक डिस्ट्रिक्टले भनेअनुसार यस्तो विषय राख्नुको मुख्य उद्देश्य भनेको रोट्रायाक जस्तो सामजिक संस्थाहरुको स्थान कस्तो भनेर बुझाउनु हो। साथै यस्ता युवा सामाजिक संस्थाहरुको प्रतिनिधित्व गर्दा आवाज उठाउनु पनि हो! सम्मेलनमा युवाहरु लक्षित विभिन्न तालिम र छलफलहरु राखिंदै छ।रोट्रायाक सदस्यहरुलाई प्रोत्साहन गर्न युवा राजनीतिक नेताहरु, प्रशिक्षकहरु, सामाजिक अभियान्ताहरु, सरकारी कर्मचारीहरु श्रोत व्यक्तिका रुपमा सम्मेलन आउंदै हुनुन्छ। साथै केहि युवाहरु सँग काम गर्ने गैर सरकारी संस्थाहरु पनि सम्मेलनमा समावेस हुँदै छन्।
रोट्रायाक क्लब अफ बुटवल, रोट्रायाक क्लब अफ तिनाउ सिटी,रोट्रायाक क्लब अफ भैरहवा , रोट्रायाक क्लब अफ कपिलवस्तु मिडटाउन र रोट्रायाक क्लब अफ थेम्स इन्टरनेशनल कलेज मिलेर होस्ट गर्दै छन्।
नेपालमा रोट्रायाक क्लब अफ रोटरी इन्टरनेशनल सँग आवद्द युवा सामाजिक संस्था हो। रोट्रायाक क्लब अफ रोटरी क्लबको युवा भ्रातृ संस्था हो र हाल नेपालमा १२६ वटा क्लबहरु छन्। ५००० को हाराहारीमा सदस्य भएको यस संस्थाले विभिन्न सामाजिक कार्यहरु र नेतृत्व विकासमा कामहरु गर्दै आएका छन् ।

सम्मेलनको बारेमा प्रमुख जानकारी यस प्रकार छ:
मिति: जनवरी १८, १९ (२ दिने कार्यक्रम )
स्थान: ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, मणिग्राम बुटवल
सम्मेलनमा उपस्थित विशेष अतिथिहरु:
डिस्ट्रिक्ट गभर्नर:रो. चिन्तामणि भट्टराई
डिस्ट्रिक्ट गभर्नर नोमिनी:रो. राजीव पोख्रेल
माननीय सांसद:गगन थापा
राष्ट्रिय युवा परिषदका उपाध्यक्ष:माधव प्रसाद ढुंगेल
युवा राजनीतिक:नेता रहर अनसारि

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: