Nepali Profile

जमिन कित्ताकाट खुल्यो

गत वर्ष साउन २६ गतेदेखि रोकिएको जग्गाको कित्ताकाट खुला गरिएको छ। आज शुक्रबारबाट नै जग्गाको कित्ताकाट खुला भएको हो।

करिब डेढ वर्ष अगाडी नै सरकारले जग्गा कित्ताकाटमा रोक लगाए पनि बीचमा केही व्यक्तिले चलखेल गरेर केही स्थानमा कित्ताकाट गरेता पनि औपचारिक रुपमा खुलेको थिएन।

घरजग्गा व्यवसायीले खेतीयोग्य जमिन पनि प्लटिङ गरेर अनुउत्पादित कारोबार गर्न थालेपछि सरकारले जग्गा कित्ताकाटलाई रोक्का गर्ने निर्णय गरेको थियो। तर यो निर्णय विवादित भएपछि सरकार निर्णयबाट पछि हटेको हो।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार पत्रकार सम्मेलन गरेर जग्गा कित्ताकाट खुला गरिएको जानकारी दिएकी हुन्। अब यो संगै देशका शहरी क्षेत्रमा पुन: जग्गा ब्यबसाय मौलाउने अनुमान गरिएकोछ ।

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: