नेपाली प्रोफईंल
२२ असार २०७७, सोमवार

बलात्कारको बदलामा तीन छोरीले गरे बाबुको हत्या

मस्को : रुसमा लामो समयसम्म आफ्नै बावुबाट बलात्कृत भएपछि तीन दिदीबहिनीले बावुको हत्या गरेका छन् ।

क्रेस्टिना, एन्जेलिना र मारिया खचतुर्यानले बावुलाई चक्कु प्रहार गरेका थिए । छोरीहरुको आक्रमणबाट घाइते भएका बावु मिखाइलको हालै मृत्यु भएको हो । बावुबाट यौन शोषण हुँदा उनीहरु १७, १८ र १९ वर्षका थिए । अहिले उनीहरु १९, २० र २१ वर्षका भए ।

लामो समयदेखि बावु मिखाइलले यौन शोषण तथा बलात्कार गरेको भन्दै उनीहरुले आक्रमण गरेका थिए । यस्तो घटनापछि महिला अधिकारकर्मीहरुले ती दिदीबहिनीलाई जेल सजायमा नपठाएर मानसिक उपचार गराउनुपर्ने बताएका छन् ।

अनुसन्धानकर्मी टोलीले मंगलबार घटनाको पुष्टि गर्दै हत्यामा प्रत्यक्ष रुपमा दुई छोरी दोषी रहेको ठहर गरेको छ । एन्जेलिना र क्रिस्टेनालाई हत्याको दोषी ठहर गरिएको हो । तर कान्छी मारियालाई भने मानसिक उपचारका लागि निगरानीमा राख्न सुझाव दिइएको छ ।

प्रतिकृया दिनुहोस्