Nepali Profile

लुम्बिनी प्रादेशिक अस्पताल प्रसुती तथा बाल उपचार भवन बन्ने

बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल प्रसुती तथा बाल उपचार भवन बन्ने भएको छ । संघिय कार्यान्वयन ईकाईको लागतमा भवन निर्माण हुने हुने भएको छ । अहिले भवन निर्माणस्थलमा जमिन सम्माउने काम भइरहेको छ ।

२६ करोड, ५१ लाख ७५ हजार ९ सय ४ रुपैयाको लागतमा निर्माण सुरु भएको उक्त भवन ४ तलाको हुनेछ । ०७५ कार्तिक १४ गते निर्माण कम्पनी तुल्सीभक्त÷शिवसक्ति जेभी बानेश्वर काठमाडौं संग सम्भौता भई काम अगाडि बढाइएको हो । ०७७ कार्तिक १३ गते सक्ने गरी ठेक्का पाएको कम्पनीले अहिले कामलाई तिब्रता दिएको छ । उक्त भवनमा २ सय ५० बेड हुने लुम्बिनी प्रादेशिक अस्पतालका सिभिल सव ईन्जिनियर सुनील खत्रीले बताए ।

अहिले प्रसुती तथा बालबालिकाको उपचारका लागि स्थानको अभावमा सानो ठाउबाट उपचार गरिएकोमा भवन निर्माण पछि प्रसुती र बालबालिका सम्बन्धी सवै उपचार उक्त भवनबाट हुनेछ । त्यसैगरी एनआईसियू, पिआईसियू, ओपिडी, खोप केन्द्र समेत सो भवनबाट सेवा प्रदान हुनेछ ।

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: