Nepali Profile

नेपाल र यूएईबीच अन्तिम खेल आज, कस्ले मार्ला बाजी

काठमाडौँ । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा आज नेपाल र यूएईले प्रतिस्पर्धा गर्दैछन् । नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेटमा खेल सुरु हुने छ ।
आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा दुवै टोलीले आफूले जित्ने बताइरहेका छन् । यसअघि पहिलो खेलमा यूएईसँग नेपाल तीन विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले युएईलाई १४५ रनले पराजित गरेको थियो ।
सोमबार सिरिजको अन्तिम खेलमा पनि दोस्रो खेलको जस्तै नतिजा निकाल्ने लक्ष्यमा नेपाली टोली छ । यूएईलाई पराजित गर्दै सिरिज जितेमा नेपालको लागि यो ऐतिहासिक सिरिज हुनेछ ।
स्मरणरहोस् गत वर्षको चैतमा एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले नेदरल्यान्ड्ससँग दुई खेलको सिरिज खेलेको थियो । तर यो सिरिजमा भने नेपालले नेदरल्यान्ड्ससँग १–१ को बराबरीमा सकाएको थियो ।

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: