रोट्रयाक्ट नेपालद्धारा चेपाङ बस्तीको अध्ययन

नेपाली प्रोफाईल- रोट्रयाक्ट नेपालले आज मकवानपुरको कैलाश गाउँपालिका वडा ७ मा रहेका चेपाङ बस्तीमा पुगेर त्यहाँको अध्ययन गरेको छ । रोट्रयाक्टका कम्युनिटी सर्भिस डाइरेक्टर विक्रम क्षेत्री, रोट्रयाक्ट क्लब अफ हेटौंडाका कम्युनिटी सर्भिस डाइरेक्टर सरोज देवकोटा र रोट्रयाक्ट क्लब अफ बुटवल साउथका कम्युनिटी सर्भिस डाइरेक्टर भुपेन पाण्डेको टोली चेपाङ बस्तीमा पुगेका थिए । वडा ७ का वडा अध्यक्ष उदास लामाको सहयोगमा चेपाङबस्तीको अध्ययन गरिएको रोट्रयाक्ट क्लब अफ हेटौंडाका कम्युनिटी सर्भिस डाइरेक्टर सरोज देवकोटाले बताए । उक्त बस्तीमा भएका आर्थिक पक्ष, शैक्षिक पक्ष, स्वास्थ्य, सामाजिक, लैंगिक स्थितीबारे जानकारी लिइएको देवकोटाले बताए ।

उनीहरुको रहनसहन, कला संस्कृति, परम्परा र रितिरिवाजबारेमा पनि अध्ययन गरिएको बताए । देवकोटा भन्छन्, हामी मुख्य कुरा त्यहाँ रहेका बालबालिकाको अवस्था, उनीहरुको पढाई, यदि पढाईबाट बन्चित भए कारण के हो ? समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा छलफल गरिएको बताए । त्यहाँ उत्पादन के हुन्छ, कृषि ,पशुपालन वा अन्य के के हुन्छ भन्ने कुरा जानकार लिने उद्देश्यले हामी पुगेको बताए । वडा ७ मा ३५ घरधुरीमा पुगेर त्यहाँको अवस्थाबारे अध्ययन गरिएको उनले बताए ।

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: