Nepali Profile

लुम्बिनी वाणिज्य क्याम्पसका एम. बि. ए विद्यार्थीले बुटवलमा सेमिनार गर्दै

लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल रुपन्देहीमा अध्ययनरत एम.वि.ए विद्यार्थीहरुले क्याम्पस सँगको सहकार्यमा २०७५ माघ २७ गते आईतबारको दिन ‘‘व्यवस्थापनका समकालीन मुद्दाहरु’’ विषयमा एकदिने राष्ट्रिय स्तरको सेमीनारको आयोजना गर्ने भएको छ ।

व्यवस्थापनका विश्वव्यापी मुद्दाहरुलाई स्थानिय स्तरमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने आयोजकले बताएको छ । कार्यक्रमलाई राष्ट्रिय सहकारी वैङ्कका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाँई, धितोपत्र बोर्ड नेपालका विज्ञ संचालक सदस्य निल सारु लगायतले व्यवस्थापनका विभिन्न मुद्दाहरुमा सम्बोधन गर्ने बताईएको छ । यस कार्यक्रम विद्यार्थी, शिक्षक, प्रोफेसर, उद्यमी, वैङ्कर लगायत व्यवस्थापनका विषयमा चासो राख्नेहरुलाई लक्षित गरिएको आयोजकले वताएको छ । कार्यक्रम लुम्बिनी वाणिज्य क्याम्पसमा बिहान ८ बजेदेखी सुरु हुनेछ ।

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: