डोनल्ड ट्रम्पले नेपाललाई भारतको हिस्सा बताए, नेपाल स्वतन्त्र मुलुक हो भन्दा सल्लाहकारसँग रिसाए

1

डोनल्ड ट्रम्पले नेपाल र भुटान भारतको हिस्सा ठान्ने गरेको अमेरिकी गुप्तचर अधिकारीलाई उद्धृत गर्दै टाइम म्यागजिनले शनिबार बताएको छ ।गत साता अमेरिकाका गुप्तचर निकायका अधिकारीसँग भएको ब्रिफिङमा उनले नेपाल र भुटानलाई भारतीय भू–भाग बताएको उक्त म्यागजिनले जानकारी दिएको छ ।अधिकारीले म्यागजिनलाई ट्रम्पले दक्षिण एसियाको नक्सा देखाउँदै नेपाल भारतको हिस्सा भएको बताएको जानकारी दिए । अधिकारीले नेपाल एक स्वतन्त्र देश भएको जानकारी दिँदै भूटान त तपाईंलाई थाहा छ नि भनेर देखाए तब उनले भुटान पनि भारतीकै भूभाग भएको बताए ।

दुई गुप्तचर अधिकारीले टाइम म्यागजिनलाई भने, ‘उनका सल्लाहकाले असहमती जनाएपछि ट्रम्प उनीहरुसँग रिसाएका थिए ।’गुप्तचर संस्थाहरुसँग बढ्दो दुरी र द्वन्द्वका बीच ट्रम्पलाई नेपाल र भुटानलाई स्वतन्त्र मुलुक रहेको सम्झाउनुपरेको उच्च अधिकारीलाई उद्धृत गर्दै टाइमले बताएको छ रयसअघि पनि उनले नेपाललाई ‘निप्पल’ भनेको सार्वजनिक भइसकेको छ । सन् २०१७ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्नुअघि भएको ब्रिफिङमा ट्रम्पले नेपाललाई ‘निप्पल’ र भुटानलाई ‘बटन’ भनेको सार्वजनिक भइसकेको छ ।

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: