Nepali Profile

रोष्ट्रम घेराउ गरेपछि प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित !!!

नेपाली कांग्रेसका सांसदले रोष्ट्रम घेराउ गरेपछि प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशको स्थायी राजधानी र नामाकरण सिफारिस गर्न गठन गरिएको समितिले सुझाव नलिएको विरोधमा कांग्रेसले रोष्ट्रम घेराउ गरेको हो । सभामुख पूर्णबहादुर घर्तीले संसदको कामाकारवाही अघि बढाउन लाग्दा कांग्रेस सांसदले रोष्ट्रम घेराउ गरेका थिए । रोष्ट्रम घेराउ गर्दै गर्दा प्रतिपक्ष दलका नेता बलदेव शर्माले नामाकरणका लागि गठित समितिले विभिन्न जिल्लाबाट राय÷सुझाव लिने काम सुरु नभएसम्म बैठक अवरोध गर्ने चेतावनी दिएका थिए । विरोधका बीच सभामुख घर्तीले नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकाललाई बोल्न अनुमति दिएपछि कांग्रेसले सभामुख निष्पक्ष हुन नसकेको आरोप लगाएका थिए । बैठकको कार्यसूचीमा नभएको एजेन्डामा विवाद नगर्न सभामुखले आग्रह गरेपछि कांग्रेस सांसद र सभामुखवीच पटकपटक भनाभन समेत भएको थियो । संसदीय दलका नेता बलदेव शर्माले एजेन्डामा नभएको विषय भनेर सभामुखले छलकपट गर्न खोजेको आरोप लगाएका थिए । लगत्तै सभामुख घर्तीले छलकपट गरेको विषय पुष्टि गर्न चुनौती दिनुभएको थियो । विरोध जारी राखेपछि अन्त्यमा सभामुख घर्तीले बैठक बिहीबार सम्मका लागि स्थगित गर्नुभएको थियो । प्रदेशसभाले स्थायी राजधानी र नामाकरणका लागि सुझाव संकलन गर्न दीपेन्द्रकुमार पुनको संयोजकत्वमा समिति गठन गरेको थियो । सुझाव संकलन गर्न गठित १५ सदस्यीय समितिमा रूकुम पूर्व, नवलपरासी र बाँके जिल्लाका प्रतिनिधिहरू छैनन् । समितिमा सबै जिल्लाका सांसदहरूको प्रतिनिधित्व गराउन समितिले तयारी गरेको छ ।

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: