Nepali Profile

सात सय पर्यटकको कालिञ्चोकबाट उद्धार

५ फागुन, जिरी। प्रहरीले हिउँमा अलपत्र परेका झण्डै ७०० पर्यटकको कालिञ्चोकबाट उद्धार गरेको छ ।नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करीब १२० सवारीसाधनमार्फत पर्यटकको उद्धार गरेको हो । शनिबार साँझदेखि हिमपातका कारण दोलखाको कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न गएका पर्यटक बीच बाटोमा अलपत्र परेका थिए ।

प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको २२ जनाको संयुक्त उद्धार टोली खटिएको थियो । टोलीले आजसम्म उद्धार कार्य जारी राखेको छ ।

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: