विश्वकप छनोटमा नेपालको शानदार जित, मलेसिया ३४ रनले पराजित

काठमाडौं । आईसीसी महिला विश्वकप छनोटको एसिया क्षेत्र प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको छ ।
थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमानेपालले प्रस्तुत गरेको १ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि विकेटकीपर क्रिष्टिना बारेटले २९ बलमा १ चौका प्रहार गर्दै २१ रन बनाउन सकिन् ।

त्यस्तै विन्फ्रिड दुराइसिङ्गमले ३० बलमा १८ र साषा आजमीले १६ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । मास एसिला ६,वान जुलिया ८,जुमिका आजमी ३ रनमा आउट भए ।

नेपालका लागि करुणा भण्डारीले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । त्यस्तै सरिता मगरले ३ ओभरमा १२ रन खर्चेर २ विकेट हात पारिन् । सिता राना मगर र कविता कुवँरको नाममा पनि एक एक विकेट रह्यो ।

त्यसअघि नेपाललाई बलियो योगफलसम्म पुर्याउन कप्तान रुविना क्षेत्री र उपकप्तान सिता रानामगरले उत्कृष्ट ब्याटिङ गरे । बैंककस्थित तेर्थाई मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २६ रन बनाएको थियो ।

नेपालको लागि ओपनर सिता राना मगरले उत्कृष्ट ब्याटिङ गरिन् । सिताले ४० बलमा २ चौका प्रहार गर्दै ४२ रन बनाइन् । ओपनर काजल श्रेष्ठले २९ बलमा ३ चौका प्रहार गर्दै १६ रनको योगदान दिइन् ।

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: