शहिद स्मृति कप खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७५ मा सिद्धार्थ फाईनलमा प्रवेश

७ फागुन, बुटवल  । रुपन्देहीमा जारी चौथौ शहिद स्मृति कप खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७५ मा सिद्धार्थ क्लब चपरहट्टी विजयी हुदै फाईनलमा प्रवेश गरेको छ ।

शहिद स्मृति खेलकुद क्लबको आयोजना तथा मदन भण्डारी स्र्पोटस एकेडेमीको सहकार्यमा मंगलबारको खेलमा संयुक्त युवा क्लब नहरपुरलाई ३–२ गोल अन्तरले पराजित गर्दै सिद्धार्थ फाईनलमा पुगेको हो । रामनगर खेलमैदानमा भएको खेलमा सिद्धार्थको जितमा जीत बस्नेतले ४ मिनेट, अनिश गुरुङ्गले ३५ औ मिनेट र सुनिल राईले ७० औ मिनेटमा गोल गरेका थिए ।

संयुक्तका सरोज क्षेत्रील खेलको २६ औ र ३७ औ मिनेटमा अजित गुरुङ्गले गोल गरेका थिए । बुधबार दोस्रो सेमीफाईनल खेलमा देशभक्त युवा क्लब नवलपरासीले सुनौलो संगम युवा क्लबको सामना गर्ने खेल संयोजक विजय आचार्यले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख १ हजार, मेडल, कप, प्रमाणपत्र तथा उपविजेतालाई नगद ५० हजार ५ सय सहित मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि विद्यागत रुपमा ३ जना खेलाडीहरुलाई समेत सम्मान गरिने उनले बताए । प्रतियोगितामा १० टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गरेका छन ।

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: