रूपन्देहीको गैडहवा ३ सूर्यपुराको एनसेलको टावरमा आगजनी

२०७५ फाल्गुण ११
रूपन्देही सहित देशका दर्जन बढी जिल्लामा निजी क्षेत्रको मोबाइल प्रदायक कम्पनी एनसेलका टावरमा आगजनी भएको छ । प्रहरीका अनुसार रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ सूर्यपुरास्थित एनसेलको टावरमा आगजनी भएको हो ।रुपन्देहीका एसपी हृदय थापाले अपरिचित व्यक्तिले बोरामा आगो सल्काएर टावरमा आगजनी गरेको बताउनुभयो ।आगजनीले टावरका तार जलेर नष्ट भएका छन् । घटनास्थलमा प्रहरी तत्काल पुग्दा मानवीय र अन्य ठूलो क्षति हुन नपाएको थापाले बताउनुभयो ।यस्तै पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ७ अम्रसामा रहेको एनसेलको टावरमा आगजनी भएको छ ।गए राति नौ बजेतिर एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ ।गए रातीनै करिब १० बजे पोखरा महानगरपालिका–२७ चन्द्रकालिका डाँडाँको नाकस्थित एनसेलको टावरमा पनि आगजनी भएको छ । यस्तै उता काभ्रेमा पनि आगजनी गरिएको छ ।
गए राति नै बागलुङका विभिन्न स्थानमा रहेका एनसेलका टावरमा आगगजनी भएको छ । उता कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा गए राति आगजनी भएको छ ।

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: