बुटवलको प्रभु बैंक भएको भवनमा गएराति आगलागी

१३ फाल्गुन, बुटवल । बुटवलको अमरपथमा प्रभु बैंक रहेको भवन शंकर प्लाजामा आइतबार साझ आगलागी भएको छ । साझ करिव ९ बजेको समयमा आगलागी शुरु भएको थियो ।

आगलागि बाट सो भवनमा रहेको बिन्दबासिनी फेन्सी पुर्णरुपमा जलेको छ भने बैंकको एटिएम मेसिनमा क्षति पुगेको छ । बैंकको भित्र के कति क्षति भयो भन्नेबारे अझै नखुलेको प्रहरिले जनाएको छ ।

आगो बुटवल बुटवल उपमहानगरपालिका सहित सिद्धार्थनगर,लुम्बिनी र नवलपरासीका गरि ५ दमकलले राती अवेर नियन्त्रणमा लिएका थिए । उक्त भवनमा लोयल होटल समेत सन्चालनमा रहेको छ । आगलागीको प्रकृति हेर्दा  एटिएम मेसिन सट भएर आगलागि शुरु भएको अनुमान गरिएको छ  । यद्यपि कारण यकिन भैसकेको छैन ।

घटनाको अनुसन्धान भइैरहेको ईलाका प्रहरि कार्यालय बुटवलका डिएसपि डिल बहादुर मल्लले बताएका छन ।

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: