रोटरी रोट्रयाक्टको सम्बन्ध प्रगाढ बनाउन बुटवलमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने

रोट्रयाक्ट क्लब अफ बुटवल साउथको आयोजनामा मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने भएको छ ।

आर.आई डिष्ट्रिक ३२९२ नेपाल–भुटान अन्तर्गत स्व.रोटरीयन कमलराज पाठक  (पिएचफ) को स्मृतिमा छैठौ रोटरी रोट्रयाक्ट रनिङ् शिल्ड भलिबल टुर्नामेन्ट २०७५ हुने भएको हो ।  खेल यहि चैत्र १ र २ गते बुटवल मण्डपमा हुनेछ । 

रोटरीयन र रोट्रयाक्टर बिचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले मैत्रीपुर्ण भलिबल खेलको आयोजना गरिएको रोट्रयाक्ट क्लब अफ बुटवल साउथका अध्यक्ष प्रकाश खरेलले जानकारी दिनुभयो ।

उहाँले विगत ५ वर्ष देखि आयोजना गर्दै आएको प्रतियोगितालाई निरन्तरता दिँदै यस वर्ष पनि संचालन गर्न लागिएको बताउनुभयो । 

भलिबल प्रतियोगितामा रोटरी र रोट्रयाक्टका छुट्टा छुट्टै खेलहरु हुने क्लवका सचिव कृष्ण भुसालले बताउनुभयो । उहाँले यस क्षेत्रका रोटरीयन जोनहरु जोन १८,१९,२० र २१ मा भएका क्लवहरुका बिचमा खेल खेलाईने बताउनुभयो ।

यसैगरी रोट्रयाक्टमा जोन ११ र १२ का क्लवहरुका बिचमा खेल हुनेछन् । विगतको अनुभवलाई आत्मसात गर्दै खेललाई अझ रोमाञ्चक बनाउन रोटरी क्लब र रोट्रयाक्ट क्लब बिच छुट्टा छुट्टै खेल गराई दुवै पोलबाट १–१ टिमलाई रनिङ्ग  शिल्डको व्यवस्था गरिएको छ ।

मैत्रीपुर्ण भलिबल प्रतियोगितामा भाग लिन सम्पुर्ण क्लवहरुलाई क्लवले आग्रह समेत गरेको छ । 

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: