नेपाली प्रोफईंल
२१ जेष्ठ २०७७, बुधवार

उखु चोर्ने पृथ्वीनारायण शाहलाई धेरै धूपबत्ती गरिरहनु पर्दैन – भट्टराई

काठमाडाैं । समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पृथ्वीनारायण शाहलाई धेरै धूपबत्ती गरिरहनु नपर्ने बताउनुभएको छ ।

उहाँले पृथ्वीनारायण शाहलाई एकथरीले देवत्वकरण र अर्काथरीले दानवीकरण गर्ने ‘लिगलिगे दौड’ हुनु शोभनीय नभएकाे बताउनुभएकाे छ ।

सामाजिक सञ्जाल ट्वीटरमा उहाँले लेख्नुभएको छ- ‘प्रत्येक पुस२७आउँदा पृथ्वीनारायण शाहलाई एकथरिले देवत्वकरण र अर्काथरिले दानवीकरण गर्ने लिगलिगे दौड हुनु शोभनीय भएन। कसैको पनि मूल्याँकन ऐतिहासिक सापेक्षतामा गरिनुपर्छ। १८औं शताब्दीको चेतनामा उनले ग़रीब गोरखा राज्यविस्तार गरेका हुन् जुन प्रकारान्तरले वर्तमान नेपालराज्य बन्न पुग्यो।’

उहाँले पृथ्वीनारायण शाहलाई सम्झे पुग्ने धूपवत्ति गरिरहनु नपर्ने बताउनु भएकाे छ । साथै पृथ्वीनारायण शाहलाई खुशी पार्ने हो भने उनको जन्मदिनमा छुट्टी हैन १२ घण्टा काम गरेर देशलाई धनी बनाउन अनुराेध गर्दै पृथ्वीनारायण शाहलाई गाली पनि नगर्न उहाँले आग्राह गर्नुभएकाे छ ।

प्रतिकृया दिनुहोस्