Nepali Profile

काठमाडौंमा वर्डप्रेससम्वन्धी अन्तर्रास्ट्रिय सम्मेलन “वर्डक्याम्प काठमाडौँ” हुने

संसारको प्रख्यात वेबसाइट बनाउने सफ्टवेर ‘वर्डप्रेस (WordPress)’ सम्बन्धी अन्तर्राष्ट्रिय स्तरमा गरिने सम्मेलन “वर्ड क्याम्प काठमाडौँ” को पाचौं संस्करण वर्ड क्याम्प काठमाडौँ २०१९ हुने भएको छ । कार्यक्रम आगामी चैत्र २ र ३ गते शनिवार र आइतबार (मार्च १६ र १७) मा काठमाडौँमा हुने छ ।

वर्ड क्याम्प विश्वव्यापी रूपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । नेपालमा भने सन् २०१२ देखि नेपालका ‘वर्डप्रेस’ (WordPress) प्रयोगकर्ता तथा सफ्टवेयर विकासकर्ताहरुको समूह (वर्डप्रेस नेपाल)  द्वारा वर्ड क्याम्प पहिलो पटक आयोजना भई प्रत्येक वर्ष आयोजना हुँदै आएको छ ।

एक तथ्याङ्क अनुसार विश्वका सम्पूर्ण वेबसाइट मध्ये झन्डै ५ मा १ वेबसाइट ‘वर्डप्रेस’ प्लेटफर्म प्रयोग गरी बनाइएको हुन्छ भने नेपालमा झन्डै झन्डै ५ मा ३ वेबसाइट ‘वर्डप्रेस’ प्लेटफर्म प्रयोग गरी बनाइएको हुन्छ । ‘वर्डप्रेस’ सामान्य र व्यक्तिगत ब्लग लेख्न देखि, ठुला ठुला अनलाइन समाचार पोर्टल, कम्पनीका वेबसाइट, सरकारी तथा गैर सरकारी सङ्घ संस्थाका वेबसाइट आदि बनाउन प्रचलित छ । नेपालमा मात्र वर्डप्रेसमा काम गर्ने १५० भन्दा बढी आइ टि कम्पनीहरू र हजारौंको संख्यामा फ्रील्यांसरहरु रहेका छन् ।

हरेक संस्करणहरू भिन्न हुने कार्यक्रम यो पटक २ दिने सम्म हुने छ । पहिलो दिनको कार्यक्रममा एउटा हलमा व्यवहारिक कार्यशाला र अर्कोमा सामूहिक छलफल र विभिन्न विषयहरूका विज्ञहरू द्वारा प्रस्तुतीकरण हुनेछन् । यो कार्यक्रम – ‘वर्डप्रेस’ मा व्यावसायिक काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति/कम्पनी, सूचना प्रविधिमा करियर बनाउन खोजेका बिधार्थी तथा ‘वर्डप्रेस’ सँग सम्बन्धित व्यक्ति हरूसँग सम्बन्ध निर्माणको लागि उपयुक्त हुनेछ ।

यसै गरी दोस्रो दिन योगदान दिवस (Contribution Day) रहनेछ,जसमा विभिन्न विधाहरूमा वर्डप्रेसमा लामो समयदेखि काम गरेकाहरूले ‘वर्डप्रेस’ समुदायलाई अनलाइन गर्न मिल्ने कामहरू गरेर योगदान दिनेछन् । ‘वर्डप्रेस’ समुदायहरूकै योगदानले चलेको हुनाले नेपाली ‘वर्डप्रेस’ प्रयोगकर्ताहरूले पनि यस पटकको वर्ड क्याम्प बाट १ दिन योगदान दिन पाउनु गर्वको कुरा भएको कार्यक्रम संयोजक उत्सव सिंग राठोर ले बताउनुभयो। नेपालमा हाल WordPress Nepal (वर्डप्रेस नेपाल) , WordPress Pokhara (वर्डप्रेस पोखरा ), WordPress Butwal (वर्डप्रेस बुटवल) WordPress Chitwan (वर्डप्रेस चितवन), WordPress Biratnagar (वर्डप्रेस बिराटनगर), गरि ५ ओटा समुदायहरु सक्रिय रहेका छन्।

कार्यक्रममा देशभर वाट ५०० जनाभन्दा बढीको सहभागिता रहने छ । कार्यक्रमलाई वर्डप्रेसमा काम गरिरहेका सफल विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरूले प्रयोजन गरेका छन् । कार्यक्रममा नेपालका अनुभवी ‘वर्डप्रेस’ विज्ञहरू, साथै विदेशी ख्यातिप्राप्त कम्पनीका ‘वर्डप्रेस’ विज्ञले समेत अनुभव बाँड्ने र विभिन्न विषयमा प्रस्तुति दिने हुनाले वर्डक्याम्प को यो संस्करण महत्त्वपूर्ण हुने बताइएको छ ।

संसार भरी नै विभिन्न देश र शहरहरुमा हरेक वर्ष आयोजना हुने वर्डक्याम्पका विभिन्न संस्करणहरूले सूचना प्रविधिको क्षेत्रमा काम गर्ने लाखौलाई जोड्ने र यस क्षेत्रका आफ्नो पेसा/व्यवसाय सुरु गर्न चाहनेहरूको लागि मार्ग निर्देशन दिने गरेको जानकारी पनि आयोजकले दिए ।

 कार्यक्रमको बारेमा विस्तृत रूपमा बुझ्न यो लिङ्कमा जान सक्नुहुने छ :

साथै कार्यक्रममा सहभागिताको लागि निबेदन दिन तलको लिंक प्रयोग गर्नुहोस.
https://2019.kathmandu.wordcamp.org/2019/02/06/tickets-now-open/

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: