नेपाली प्रोफईंल
८ असोज २०७७, बिहिवार

इन्द्रेणी कार्यक्रम मार्फत बिरामीको लागी एकैदिन १२ लाख हस्तान्तरण ।

 

देश केन्द्रकृत सासन प्रर्णाली बाट बिकेन्द्रकृत सासन प्रणालीमा गइसक्दा पनि देशका जनताहरु भने स्वास्थ्य उपचार नपायर अस्पतालको सैयामा छटपटाइरहेका छन् । देशमा तिन तहका सरकार बने तर स्वास्थ्य,शिक्षा र बेरोजगारले गर्दा जनाता भोकमारीमा पिल्सीएका छन् ।

सरकारले घरघरमा सिंहदरबार आयो भन्यो तर जनताले कहिले पनि सिंहदरबार को अनुभुति गर्न पायनन् । सरकारले स्वास्थ्य निति तथा कानुन ल्यायता पनि कार्यान्वन भने सुन्य देखियको छ ।

संस्कृती सभ्यताको जननी हो भन्ने मुल नाराको साथ अघि बढेको एबिसी इन्दे्रणीले पनि लोक सँस्कृतीको माध्यमबाट देशको संस्कृती र सभ्यतालाइ बचाइराखेको कुरा बिश्वभरी अवगत नै छ ।

प्रशिद्ध कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कंडेलले सो कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ । बिगत दश बर्ष देखी सञ्चालन हुँदै आएको सो कार्यक्रको माध्यम बाट दुखि गरीब तथा रोगले पिल्सीएका जनताले साहारा पाउँदै आएका छन् । दैनिक रुपमा सञ्चालन हँदै आएको सो कार्यक्रम मार्फत एकै दिन १२ लाख रकम दुखि बिरामिलाई हस्तान्तरण गरीएको छ ।

सो रकम इन्द्रेणीका साञ्चालक कृष्ण कंडेल र इन्द्रेणीकी व्यबस्थापक प्रतिमा कंडलको हातबाट हस्तान्त्रण गरीएको थियो । सो रकम मध्य स्याङजाका मृगौला पिडित राजेन्द्र कार्की लाई रु चार लाख इन्द्रेणी मार्फत हस्तान्त्रण गरीएको थियो ।

यसैगरी गुल्मी छत्रकोट गा.पा.का एउटै घरका अपाङगता भएका चार भाइ बहिनीलाई इन्द्रेणी मार्फत ८५ हजार र गुल्मी सेवा समाज ओमन को तर्फबाट ९८ हजार लगायत अन्य सहयोगी मनहरुबाट सहयोग उठाई जम्मा १ लाख ८८ हजार रकम हस्तान्तरण गरीएको थियो ।

सो रकम मध्य काभ्रे नवबुद्ध न.पा. ३ चरुवा का मृगौला पिडीत बुद्ध लामा लाई इन्द्रेणी मार्फत रु ३० हजार र अन्य सहयोगी मनमार्फत गरी रु १ लाख इन्द्रेणी मार्फत हस्तान्तरण गरीएको थियोे ।

यसैगरी मृगौला पिडीत टिका माया गुरुङ बचाउ अभियानका अअभियानता गणेश गुरुङ मार्फत ३ लाख २४ हजार पिडितका भाई सुवास गुरुङलाई इन्द्रेणी स्टुडियोमा गणेश गुरुङ र सञ्चालक कृष्ण कंडेल मार्फत हस्तान्तरण गरीएको थियो ।

प्रतिकृया दिनुहोस्