Nepali Profile

अर्काको घरमा भाँडा माझेर, रेष्टुरेन्टमा काम गरेर पढेँ : डा. विष्णुमाया परियार

काठमाडौं। डा. विष्णुमाया परियार हिंसाविरुद्धको अभियानकी अभियन्ता हुन् । सामाजिक सेवाको क्षेत्रमा लामो समय काम गरेपछि उनी विभिन्न पुरस्कारबाट पुरस्कृत पनि भएकी छिन् । केही समयदेखि उनी अमेरिकामा रहेर सामाज सेवामा क्रियाशील छिन् ।

गोर्खामा जन्मिएकी विष्णुमायाले बाल्यकाल आमाबुवाको राम्रो रेखदेख र ममतामा बित्यो । उनका बुवा कपडा सिउँथे । विष्टकहाँ पनि जाने गर्थे । धेरै दुःख गरेर पनि उनका बुवाले सन्तानलाई राम्रो शिक्षादिक्षा दिए ।

पारिवारिक पेशा विष्णुमायालाई मन परेन । किनभने दिनभर काम गर्दा पनि राम्रो आय भएको उनले देखिनन् । जसका कारण उनलाई परम्परागत पेशा मन परेन । दलित भएका कारण अरु उपल्लो जात भनिनेहरुले विभेद गर्थे ।

घरपस्न दिँदैनन् थिए । विष्णुका आमाबुबाबाट १० छोरी एक छोरा जन्मे । जन्मेका मध्ये तीन जना बिते । उनी पाँचौ नम्बरकी हुन् । छोरा पर्खिदा पर्खिदै धेरै छोरी जन्मिन्छन् । विष्णुका बुवाआमाले भने छोरा पर्खेका कारण धेरै छोरी नजन्माएको उनले बताइन् ।

उनका बुवाले छोरा जन्माउनका लागि अर्की श्रीमती ल्याउन अरुले सुझाव दिए । तर उनले मानेनन् । परिवार नियोजनको सुविधा पनि थिएनन् । विष्णुमायाका एकमात्र भाई र एक दिदी अमेरिकामा छन् । कक्षा सात सम्म ताक्लुङमा पढिन् ।

मनोकामना मन्दिरमुन्तिरको हाइस्कुलमा उनले माध्यमिक शिक्षा प्राप्त गरिन् । त्यो स्कुल जाने चार साथी थिए उनका । दुई मगर एक नेवार कन्या र एक उनी स्वयं । बाटोमा कुँवरहरुको घर पथ्र्यो । तिर्खा लाग्दा कुँवरको घरमा पानी पिउँथे ।

मगर र नेवारले गिलास हातले समाएर पानी पिउँन पाउँथे । तर विष्णुमायाले हात तल थापेर पानी पिउनु पर्ने हुन्थ्यो । त्यो विभेद उनलाई मन पर्दैन थियो । जसका कारण उनले कहिले पनि कुँवरको घरको पानी पिइनन् ।

उनमा सानौदेखि सामाजिक चेतना थियो । उनका बुवाले पढेर ज्ञानी भएर सामाजिक विभेदविरुद्ध लड्न प्रेरित गर्थे । विष्णुको पढाई उबेलादेखि नै राम्रो थियो ।

पढाईमा निरन्तर समर्पित भइरहिन् । अरुले तिरष्कार गरे पनि उनलाई फरक परेन । लक्ष्य भने लिनु पर्ने उनको सुझाव छ । उनलाई दमिनी भनेर साथीहरुले नै भने । तर उनी विचलित भइनन् ।

गोर्खामा अमेरिकी सहायतामा चल्ने कार्यक्रम रहेछ स्कुलमा । त्यही निकायले विष्णुलाई अवसर दियो । पढाईमा तेज उनले त्यो अवसर प्राप्त गरिन् । ४८ सालमा एसएलसी पास गरेपछि उनको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्यो ।

तर काठमाडौंको शिक्षा उनलाई सजिलो भएन । भर्ना शुल्क मामाहरुले तिरिदिए । पढाई खर्च जुटाउन उनले गार्मेन्टमा काम गर्नेहरुका लागि खाना पकाउने, भाँडा माझ्ने गरिन् । रेष्टुरेन्टमा पनि काम गरिन् । तर उनी आफ्नो लक्ष्यबाट कहिले पनि विमुख भइनन् ।

आइए पास गरेपछि एक एनजिओमा काम गरिन् । तर एनजिओले भनेजस्तो काम नगरेपछि उनले काम छाडिन् । अमेरिकी पिसकोरसँग फेरि जोडिइन् । उनले १९९८ मा आफ्नै एनजिओ खोलिन् ।

उनी १९९९ मा अमेरिका गइन् । २०१५ मा उनले प्रदीप मगरसँग विवाह गरिन् । उनको लभ म्यारिज हो । प्रदीपसँग अमेरिकामै विष्णुसँग भेट भएको थियो । जातीय विभेदविरुद्ध काम गर्ने प्रदीपसँग उनको राम्रो केमेस्ट्री मिलेको छ ।

सामाजिक अभियानमा व्यस्त रहने भएका कारण विष्णु र प्रदीपले सन्तान नजन्माउने निर्णय गरेका छन् । उनको संस्थाले धेरै बालबालिकाका लागि काम गर्नु पर्ने भएकोले उनीहरुले यस्तो कठोर निर्णय गरेका छन् । आफ्नो सन्तान नजन्माए पनि उनले धर्मपुत्र,पुत्री पाल्न सक्ने उल्लेख गरिन् ।

आजको युगमा सन्तान जन्माए पनि ती सन्तान आफैंसँग हुन्छन् भन्ने हुँदैन । उनकै बुवा बित्दा उनका भाई अमेरिकामा थिए ।

सचेत, पढेलेखेकी महिला भएर पनि उनी एकपटक सामान्य दूव्र्यवहारको सिकार भइन् । तेह्रथुमबाट धरान आउने सार्वजनिक बस थिएन । उनलाई धरान जसरी पनि पुग्नु थियो । निजी सवारी भने चल्थे । एकजनाले गाडीमा लैजान्छु भन्यो ।

उसले मेरो बस छुटाउन पटक पटक गाडी रोक्न थाल्यो । उनी उसले गाडी रोकेर ‘टुमच’ गर्यो । त्यो एक अफिसर थियो । चालक चाहिँ अर्को एक जना भाइ थिए । उनले त्यो अफिसरलाई त्यही छाडेर विष्णुलाई धरान पुर्याइदिए । त्यो बाहेक उनको जीवनमा त्यस्तो नराम्रो व्यवहार खेप्नु परेन ।

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: