नेपाली प्रोफईंल
२५ साउन २०७७, आइतवार

इपिएसमार्फत कामदार कोरिया लैजान दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले इपिएसअन्तर्गत नेपाली श्रमिकलाई कोरिया जान खुला गर्ने निर्णय गरेको छ ।

आइतबारको बसेको मन्त्रिपरिषद बैठकले ईपीएस मार्फत कोरिया जाने कामदारलाई पठाउन सहजीकरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनकाअनुसार दुई देशको सहमतिमा श्रमिकलाई कोरिया लगिनेछ ।

यस्तै, मन्त्रिपरिषद्को बैठकले २५ गतेसम्म लकडाउनको समय बढाएको छ ।

भिसा आएर पनि धेरै कामदार जान नपाएपछि उनीहरुको भिसा नै स्थगित हुने अवस्था आएपछि दुई देशको सहमतिमा कामदारलाई कोरिया जान दिने निर्णय भएको गरेको अर्थमन्त्री तथा सूचना प्रविधि तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए ।

कोरियामा कोरोना संक्रमण फैलिएपछि सरकारले जोखिम हुने भन्दै कामदार पठाउन रोकेपछि कोरियाले पत्र नै लेखेर आपत्ति जनाएको थियो ।

तर, चैतको ११ गतेबाट नेपालमा लकडाउन भएपछि अन्तर्राष्ट्रिय उडान बन्द भयो । त्यसपछि पनि कोही कामदार कोरिया जान पाएका छैनन् ।

सन् २०२० का लागि कोरिया भाषा परीक्षा पास भएका १२ हजार कामदार अझै जाने क्रम सुरु भएको छैन । कोरोनाको महामारी अघिसम्म २०१८ र १९ का लागि पास भएकाहरु गइरहेका थिए । लकडाउनका कारण २०२० को लागि भाषा परीक्षा पास गरेकाहरुले अहिले ‘लेबर कन्ट्रयाक्ट आइरहे पनि उनीहरु जानसक्ने अवस्था थिएन । तर अब उनीहरु जान पाउने भएका छन् ।

प्रतिकृया दिनुहोस्