नेपाली प्रोफईंल
२१ जेष्ठ २०७७, बुधवार

लकडाउन अवधिमा तिर्नुपर्ने कर्जाको भुक्तानी अवधि बढाइने

कोभिड–१९ का कारण गम्भीर अवस्थामा पुगेको अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंकले थप नीतिगत व्यवस्था गर्ने भएको छ । राष्ट्र बैंकको ६५औँ वार्षिकोत्सवको अवसरमा गभर्नर महाप्रसाद अधिकारीले विश्वमा एकैपटक स्वास्थ्य संकट र आर्थिक संकट आएको उल्लेख गर्दै समाधान गर्न राष्ट्र बैंकले जस्तोसुकै अवस्थाको सामना गर्ने बताए ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाउने गभर्नर अधिकारीले बताए । कोरोनाका कारण बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रवाहलाई थप सहज व्यवस्था गरिने पनि उनले बताए ।

साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को अत्यधिक असर परेको क्षेत्रलाई उपलब्ध गराउन राष्ट्र बैंकबाट प्रदान गरिने पुनर्कर्जा कार्यविधिमा संशोधन गरिनेसमेत भएको छ । पुनर्कर्जामा प्रादेशिक सन्तुलनसमेत कायम गर्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्