नेपाली प्रोफईंल
२२ असार २०७७, सोमवार

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ४० पुग्यो , कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

बुटवल, वैशाख २९।

प्रदेश न. ५ मा कोरोना संक्रमित ४० पुगेका छन् । यो नेपालमा सबैभन्दा बढी संक्रमित भेटिएको प्रदेश हो ।

कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं। ५ तथा बुद्धभुमि नगरपालिका वडा नं ७ र १० का हुन् । उनीहरु १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु छन् । एक जना पुरुषको भने उमेर खुलेको छैन ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् ।

प्रतिकृया दिनुहोस्