Nepali Profile

जनताको नाम लिएर काम रोक्नेलाइ कुलमानले भने, एकदिन मात्र काम रोकिए जेलमा थुनिदिन्छु

काठमाडौं । नेपाल विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘कुल म्यान’ पनि भनिन्छ । न उनी खुलेर हाँस्छन्, न उतिसारो रिसाउँछन् ।

अर्थात सँधै ‘कुल’ । तर, नुवाकोटको पैरबेसीमा बिहीबार कुलमानको फरक रुप देखियो । प्राधिकरण प्रमुख घिसिङ त्रिशूली थि ‘ए’ आयोजनाको उत्पादन सुरुआत गर्न बिहीबार नुवाकोट र रसुवाको सीमा क्षेत्रमा पुगेका थिए ।

त्यहाँ पुग्दा त नुवाकोटको पैरबेसी भन्ने स्थानमा निर्माणाधीन त्रिशूली ‘बी’ हब स्टेशनको निर्माण स्थानीयले नियतबस रोकेको थाहा पाए ।

बिहीबार पनि प्राधिकरण प्रमुख आएको थाहा पाएपछि स्थानीय शिवप्रसाद भट्टराई र जानुका थापा नेतृत्वको समूह आइपुगे । उनीहरु सबस्टेशन अझै माथि लगेर निर्माण गर्न भन्दै चर्को स्वर निकाले ।

घिसिङले सब-स्टेशन निर्माण गर्दा स्थानीयको जग्गा र घरको सुरक्षाका लागि पर्खाल लगाउने काम भएको र बाँकी कामको लागि बसेर छलफल गर्न सकिने बताए । उनले सबस्टेशन निर्माणको नरोक्न आग्रह गर्दै स्थानीयको मागमा आफू गम्भीर रहेको बताए ।

तर, जनताको माग पनि सुनुवाई हुनुपर्‍यो भनेपछि ‘कुलम्यान’ कुलमान रिसाए । भट्टराईको नेतृत्वकै उपभोक्ता समितिमार्फत रसुवातर्फ सुरक्षा पर्खाल लगाइएको स्मरण गराउँदै फेरि थप माग किन भने प्रश्न गरे । उनले भट्टराईलाई सोधे, तपाईको जग्गामा काम गरेको छ ?’

भट्टराईले आफूहरु विकास विरोधी नभएको तर, जनताको माग सम्बोधन हुनुपर्ने बताए । कुलमानले भने, ‘तपाईको माग भन्नुस् न, जनताको होइन । जनताको माग समाधान गर्छौं हामी ।’ भट्टराई आफैं रसुवातर्फको पर्खाल निर्माण उपभोक्ता समितिका अध्यक्ष हुन् ।

उनले जनताको नाम लिँदै नाजायज मागहरु राख्ने गरेको आयोजनाका अधिकारी बताउँछन् । बिहीबार पनि उनले जनताको माग भन्दै थप माग तेस्र्याएका थिए ।

आयोजनाका कर्मचारीहरुले यहाँ एक दिन काम रोकिँदा करोडौं क्षति हुने बताए । त्यसमा थप्दै कुलमान कडि्कए, ‘एक दिन कसैले रोक्यो भने तपाईंलाई समातेर थुनिदिन्छु ।’

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: